+
+
Shares

क्याप्टेन अमृत झा इरानको केश्म टापुमा सुरक्षित हुनुहुन्छ : परराष्ट्रमन्त्री खनाल

‘उहाँ अहिले त्यहाँको एक आइल्याण्ड (केश्म टापु) मा सुरक्षित हुनुहुन्छ । उहाँसँग हाम्रा कन्सुलरहरू सम्पर्कमा हुनुहुन्छ,’ खनालले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते २१:२८

२ वैशाख, काठमाडौं । चैत पहिलो साता होर्मुज क्षेत्रबाट इरानी सेनाको कब्जामा परेका नेपाली युवा अमृत झा बुधबार (आज) रिहा भएका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार, झा रिहा भएको औपचारिक जानकारी सरकारी संयन्त्रबाट प्राप्त भएको छ । ‘उहाँ रिहा भएको जानकारी हामीले पायौं । इरानमा रहनुभएका कन्सुलरबाट उक्त जानकारी लिएका छौं,’ मन्त्री खनालले बुधबार साँझ अनलाइनखबरसँग भने ।

खनालका अनुसार, झा अहिले इरानको केश्म आइल्याण्ड (समुन्द्री टापु) मा सुरक्षित छन् ।

‘उहाँ अहिले त्यहाँको एक आइल्याण्ड (केश्म टापु) मा सुरक्षित हुनुहुन्छ । उहाँसँग हाम्रा कन्सुलरहरू सम्पर्कमा हुनुहुन्छ,’ खनालले भने ।

इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुल्युसनरी गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो ।

अमृत दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । त्यहाँ उनी ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’ को जहाजमा क्याप्टेन थिए ।

उनीसँगै केही भारतीय नागरिक पनि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?