+
+
Shares

इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा

इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुलेसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते २१:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा आज रिहा भएका छन्।
  • अमृत झा इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन इरान पुगेका थिए।
  • उनी दुबईको ब्ल्याक सी मरिन एलएलसी कम्पनीको जहाजमा क्याप्टेन थिए र तेल लिएर दुबई फर्किने क्रममा पक्राउ परेका थिए।

२ वैशाख, काठमाडौं । इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई इरानले आज (बुधबार) रिहा गरेको हो ।

परराष्ट्रमन्त्री शिशिर खनालले उनी रिहा भएको जानकारी गराए । ‘उहाँ रिहा हुनुभएको छ । इरानस्थित कन्सुलरसँग हाम्रो कुराकानी भयो,’ खनालले अनलाइनखबरसँग भने ।

उनी रिहा भएकोबारे परिवारका सदस्यहरूलाई पनि सरकारी अधिकारीहरूले जानकारी गराएका छन् । उनका भिनाजु राजेश झाले आफूलाई केहीबेर अघि सरकारी अधिकारीबाट अमृत रिहा भएको जानकारी आएको अनलाइनखबरलाई जानकारी दिए ।

इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।

अमृत दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । त्यहाँ उनी ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’ को जहाजमा क्याप्टेन थिए ।

उनीसँगै केही भारतीय नागरिक पनि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?