+
+
Shares

अमृत झाको रिहाइबारे परराष्ट्र मन्त्रालयले फेरि भन्यो- प्रक्रियामै छ

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भइसकेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । तर, उनी हालसम्म पनि इरानको जेलमै बन्दी रहेको पाइएपछि चौतर्फी आलोचना भइरहेकाे छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते २१:५०

११ वैशाख, काठमाडौं । स्ट्रेट अफ होर्मुजबाट इरानले पक्राउ गरेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया जारी नै रहेको सरकारले बताएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले झाको रिहाइ प्रक्रिया जारी नै रहेको बताएका छन् ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भइसकेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । तर, उनी हालसम्म पनि इरानको जेलमै बन्दी रहेको पाइएपछि चौतर्फी आलोचना भएको थियो ।

‘द्वन्द्व सुरु हुनुअघि नै पक्राउ परेर इरानको बन्दर अब्बासमा राखिएका नेपाली नागरिक अमृत झासंलग्न रहेको पानी जहाजको मुद्दाका बारेमा त्यहाँको स्थानीय अदालतमा एक चरणको फैसला भई त्यसमा संलग्न ७ जनामध्ये ४ जना यसअघि नै रिहा भइसकेका छन् । बाँकीको पनि रिहाइ प्रक्रिया अघि बढेको छ,’ प्रवक्ता क्षेत्रीले भने ।

इरानको हालको विषम परिस्थिति, त्यहाँको न्यायिक प्रणालीअर्न्तगत केही कानुनी प्रक्रिया पूरा गर्न अझै बाँकी रहेकाले ती प्रक्रिया टुंगिन अझै केही दिन लाग्ने उनले बताए ।

झाको रिहाइका लागि सरकारले विभिन्न तहबाट पहल जारी राखेको पनि प्रवक्ता क्षेत्रीले बताए ।

रिहाइको सम्पूर्ण प्रक्रिया अगाडि बढिसकेकाले मन्त्री खनालले रिहाइ भइसकेको भनेको भन्दै मन्त्रालयले बचाउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?