+
+
Shares

निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध पुनर्गठित गर्छौं : महासचिव पोखरेल

‘यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते २१:५२

२ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने बताएका छन् । बुधबार राति फेसबुकमार्फत पोखरेलले पार्टीविरुद्धका नियोजित प्रचारबाजीमा विश्वास नगर्न आग्रह गर्दै यस्तो बताएका हुन् ।

यति बेला एमाले निर्वाचनमा बेहोरको पराजयपछि समीक्षाको चरणमा प्रवेश गरेको उनले लेखेका छन् । ‘निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको छ,’ महासचिव पोखरेलले भनेका छन्, ‘प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट समीक्षा प्रतिवेदन तयार गरिने छ ।’

निर्वाचन समीक्षाकै सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत संकलन गरिरहेको उनले बताएका छन् ।

‘यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ,’ उनले भनेका छन् ।

‘निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ,’ उनले अगाडि भनेका छन्, ‘त्यसैले यस अवधिमा नियोजित तथा प्रायोजित रूपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?