+
+
Shares

नेकपा मालेको समीक्षा- निर्वाचन प्रक्रिया र परिणाममा कैयौँ आशंका छन्

बुधबार केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको विस्तारित बैठकपछि महासचिव सीपी मैनालीले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै निर्वाचन परिणाममाथि प्रश्न उठाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ४ गते १९:२३

४ चैत, काठमाडौं । नेकपा मालेले भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया र परिणाममा कैयौँ आशंका उत्पन्न भएको समीक्षा गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको विस्तारित बैठकपछि मालेका महासचिव सीपी मैनालीले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै निर्वाचन परिणाममाथि प्रश्न उठाएका छन् ।

‘प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएता पनि त्यसका प्रक्रिया र परिणाममा कैयौँ आशंकाहरू उत्पन्न भएका छन्,’ मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संसदवादी दलका गलत नीति, दमनकारी रवैया र भ्रष्ट आचरणबाट आजित जनता तत्कालीन गठबन्धन सरकारको विरोधमा रहेको विषय विज्ञप्तिमा स्वाभाविक भनिएको छ । भदौ २३ मा जेनजीको विरोध प्रदर्शन विरुद्ध भएको दमनको प्रतिक्रियाका आडमा रचिएको विध्वंसकारी क्रियाकलाप चुपचाप हेर्न जनता बाध्य बनेको पनि टिप्पणी गरिएको छ ।

‘तत् पश्चात् एनजिओ/आईएनजीओको प्रत्यक्ष संलग्नतामा गठित गैर दलीय भनिएता पनि रास्वपाको यथास्थितिवादी कार्की सरकारले गराएको निर्वाचनबाट राजनीतिक मूल्याङ्कनको निष्कर्ष विपरीत परिणाम आउनु आशंकायुक्त भए पनि अस्वाभाविक रहेन,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘समय क्रममा यसका कर्तुत र कारक तत्त्वहरू उद्घाटित हुँदै जानेछन् ।’

यद्यपि रास्वपाको नेतृत्वमा पूर्ण बहुमतको नयाँ सरकार बनिरहेकामा मालेले शुभकामना दिएको छ ।

यस्तै अमेरिकी सेनाको डेपुटी कमान्डिङ जनरल, लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल आएको र त्यसअघि फागुन १ गते अमेरिकी इन्डो–प्यासिफिक कमान्डका जनरल सामुयल जे पापारोको भ्रमणमा पनि मालेले शंका व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?