+
+
Shares

काठमाडौं महानगरकी कार्यवाहक प्रमुख डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेटवार्ता

महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथले बलियो बनाउने र यसले नागरिकले महसुस गर्ने परिवर्तन प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १३:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच सडक सुरक्षा, सहरी सुरक्षा र व्यवस्थापनमा सम्बन्ध थप बलियो बनाउने सहमति भएको छ।
  • महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले ट्राफिक व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षणमा प्रहरीसँग सहकार्य गर्न तयार रहेको बताइन्।
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकालाई सहयोग उपलब्ध गराउने र फोकल पर्सन तोकेको उल्लेख गरे।

३ वैशाख, काठमाडौं। सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बीचको सम्बन्ध थप बलियो बनाइने भएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्की बीच भएको भेटमा सडक सुरक्षा, शहरी सुरक्षा र शहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको छ ।

भेटमा कार्यवाहक प्रमुख डंगोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, शहरलाई सडक मानवमुक्त बनाउने अभियान लगायतका काममा प्रहरीसँग सहकार्य गर्न तयार रहेको बताइन् ।

महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथले बलियो बनाउने र यसले नागरिकले महसुस गर्ने परिवर्तन प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताए ।

‘उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुनेछ । यसका लागि हामीले फोकल पर्सन तोकेका छौँ,’ उनले भने, ‘सचेतनामूलक कार्यक्रमबाट नागरिक सहभागिता र प्रविधिको प्रयोग बढाएर जनशक्ति कम र नतिजा धेरै आउने प्रणाली विकास गर्न हामीले महानगरपालिकाबाट सहयोग अपेक्षा गरेका छौँ ।’

छलफलमा लागुऔषधको दुर्व्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान र मद्यपान नियन्त्रण, पार्किङ् व्यवस्थापन, सडक संकेत र ट्राफिक व्यवस्थापन, रात्रि बस र विहानी बस सेवाको सुरक्षा, सडक मानव मुक्त काठमाडौँ कार्यक्रमअन्तर्गत सञ्चालन हुने सडक सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?