+
+
Shares

दीपक खड्कालाई सर्वोच्चले भन्यो- विदेश जानुपरे अनुमति लिनू

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई विदेश जानुअघि अदालतबाट अनुमति लिन आदेश जारी गरेको छ।
  • खड्कामाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको थियो र श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
  • जेनजी आन्दोलनका क्रममा खड्काको घरमा तोडफोड र आगजनी भएको थियो र जलेका नोटका केही टुक्रा विभागले संकलन गरेको छ।

३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई विदेश जानुपरे अदालतबाट अनुमति लिनू भनी आदेश जारी गरेको छ ।

उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको थियो ।

उनको पक्राउ गैरकानुनी भएको भन्दै श्रीमती श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । थापा चैत १५ गते पक्राउ परेका थिए ।

उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै थुनामुक्त गर्न र विदेश जानुअघि अनुमति लिन आदेश जारी गरेको हो ।

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो ।

कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्वीर र भिडियो पनि सार्वजनिक भएका थियो । विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?