+

अपराजित रहँदै आर्मीले जित्यो पीएम कपको उपाधि

२०८३ वैशाख  ४ गते १५:०६ २०८३ वैशाख ४ गते १५:०६
अपराजित रहँदै आर्मीले जित्यो पीएम कपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको छ ।
  • आर्मीले प्रतियोगिताभर कुनै खेल नहारेको र लिग चरणका ९ मध्ये ८ खेल जितेको उनले बताए ।
  • आर्मीका इमरान शेखले अविजित ४६ तथा बसिर अहमदले ४५ रन बनाए भने ।

४ वैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार वीरगन्जमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै आर्मीले तेस्रोपटक उपाधि जितेको हो ।

सुदूरले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । आर्मीका लागि इमरान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ रन बनाए ।

५६ रनमा ४ विकेट गुमेको अवस्थाबाट आर्मीका लागि बसिर र इमरान मिलेर इनिङ सम्हालेका थिए । यी दुई मिलेर पाँचौं विकेटका लागि ९६ रनको साझेदारी गरे ।

सुदूरका लागि हेमन्त धामीले २ विकेट लिँदा शेर मल्ल, अशोक धामी र विकास आग्रीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो । शीर्षक्रम र मध्यक्रम ब्याटिङ धराशायी बनेपनि तल्लोक्रमका ब्याटरले संयमित ब्याटिङ गरेका थिए ।

अशोक धामीले सर्वाधिक ४३ रन बनाए भने किरण ठगुन्नाले २५ अनि नारायण जोशीले २९ रन बनाए । हेमन्त धामीले १६ रन बनाए ।

आर्मीका आकाश चन्द र शाहब आलमले ३-३ विकेट लिए भने बसिर अहमदले २ अनि कुशल मल्लले १ विकेट लिए ।

आर्मीले प्रतियोगिताभर कुनै खेल पनि हारेन । आर्मीेले लिग चरणका ९ मध्ये १ खेलमा अंक बाँडेको थियो भने बाँकी ८ वटै खेल जितेको थियो ।

सुदूरले भने ९ खेलमा ६ खेल जितेको थियो र पहिलोपटक फाइनल खेलेको थियो।

आर्मीले सन् २०१७ मा पहिलो संस्करणमा नेपाल पुलिस क्लबसँग उपाधि बाँडेको थियो । यस्तै सन् २०२१ मा पनि उपाधि जितेको थियो ।

हरेक संस्करणको फाइनल खेलेको आर्मी ५ पटक भने उपविजेतामा सीमित भएको छ । नेपाल पुलिस क्लबले ४ पटक उपाधि जितेको छ भने एपीएफ क्लबले २ पटक उपाधि जितेको छ ।

त्रिभुवन आर्मी क्लब पीएम कप क्रिकेट सुदूरपश्चिम प्रदेश क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय