+
+
Shares

जेनजी घटनामा मृत भेटिएका ७ शवको अझै पहिचान खुल्न सकेन

ती सात जलेको अवस्थामा कंकालको रुपमा मात्रै रहेकाले पहिचान हुन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनमा गत २३ र २४ भदौमा मृत्यु भएका ४९ मध्ये ७ शवको पहिचान अझै खुल्न सकेको छैन।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले ४२ शव पहिचान गरी परिवारलाई बुझाइएको र ७ शवको डीएनएको प्रक्रियामा रहेको बताए।
  • ती ७ शव जलेको अवस्थामा कंकाल बनेका कारण पहिचान हुन सकेको छैन।

४ वैशाख, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत भेटिएका मध्ये ७ शवको पहिचान अझै खुल्न सकेको छैन ।

जेनजी आन्दोलनको क्रममा काठमाडौंमा मात्रै ४९ जनाको मृत्यु भएको थियो । ती मध्ये ७ वटा शवको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

‘४२ शवको पहिचान गरी सम्बन्धीत परिवारलाई बुझाइए पनि ७ शवको पहिचान हुन सकेको छैन । हामी डीएनएको प्रक्रियामा छौं’ एसपी भट्टराईले भने ।

ती सात जलेको अवस्थामा कंकालको रुपमा मात्रै रहेकाले पहिचान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?