+
+
Shares

प्रहरीकै भ्यानलाई ट्राफिकले काट्यो चिट

 ट्राफिक नियम उल्लंघन गरी फुटपाथमा पार्किङ गरेको भन्दै ट्राफिक प्रहरीले चिट काटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ट्राफिक प्रहरीले नेपाल प्रहरीकै भ्यानलाई फुटपाथमा पार्किङ गरेको भन्दै ट्राफिक नियम उल्लंघनमा चिट काटेको छ।
  • नेपाल प्रहरीले आफ्नो अफिसल फेसबुक पेजमार्फत चिट काटिएको जानकारी दिएको छ।
  • सामाजिक सञ्जालमा भ्यान फुटपाथमा पार्किङ गरेको तस्बिर भाइरल भएपछि ट्राफिक प्रहरीले चिट काटेको हो।

४ वैशाख, काठमाडौं । नेपाल प्रहरीकै भ्यानलाई ट्राफिक प्रहरीले चिट काटेको छ । ट्राफिक नियम उल्लंघन गरी फुटपाथमा पार्किङ गरेको भन्दै ट्राफिक प्रहरीले चिट काटेको हो ।

चिट काटिएकोबारे नेपाल प्रहरीले आफ्नो अफिसल फेसबुक पेजमार्फत समेत जानकारी दिएको छ ।

प्रहरीले आफ्नो भ्यान फुटपाथमा पार्किङ गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिरसहित पोस्ट भएको थियो । उक्त पोस्ट भाइरल बनेपछि ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने उक्त भ्यानको पहिचान गरेर चिट काटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?