+
+
Shares

२८ थान नक्कली नोटसहित २ जना ठमेलबाट पक्राउ

पक्राउ पर्नेहरुमा रौतहटको फूलबारी घर भएका ३२ वर्षीय राम कुमार पाख्रिन र सिन्धलीको घ्याङलेख गाउँपालिका–५ घर भएका २४ वर्षीय शिव घिसिङ छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १८:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको ठमेलबाट २८ थान नक्कली ५ सय दरका नोटसहित राम कुमार पाख्रिन र शिव घिसिङलाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरुबाट नोट छाप्न प्रयोग भएको मेसिन समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए।
  • काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाहरुको अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ।

४ वैशाख, काठमाडौं । २८ थान नक्कली नोटसहित ठमेलबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रौतहटको फूलबारी घर भएका ३२ वर्षीय राम कुमार पाख्रिन र सिन्धलीको घ्याङलेख गाउँपालिका–५ घर भएका २४ वर्षीय शिव घिसिङ छन् । उनीहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेबा खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुबाट ५ सय दरका २८ थान नक्कली नोट बरामद भएको छ । नोट छाप्न प्रयोग भएको मेसिन समेत उनीहरुबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?