४ वैशाख, काठमाडौं । कारागारबाट फरार भएका २५ वर्ष सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर घर भएका ४२ वर्षीय सन्तोष भनिने यज्ञकुमार सापकोटा छन् । उनलाई काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
२ चैत २०७७ मा बल्खुमा ३२ वर्षीया सन्तोषी श्रेष्ठलाई हम्मर प्रहार गरी हत्या गरेको घटनामा सापकोटा दोषी ठहर भएका थिए । काठमाडौं जिल्ला अदालतले २९ भदौ २०७८ मा उनलाई जन्म कैद अर्थात २५ वर्ष कैद सजाय सुनाएको थियो ।
कैद भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनको क्रममा २४ भदौमा सुन्धारा कारागारबाट फरार भएका थिए । ललितपुरको हरिसिद्धबाट पक्राउ परेका उनलाई कैद भुक्तानका लागि सुन्धारा कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4