+
+
Shares

सीमापार तस्करी नियन्त्रणबारे सांसदहरूसँग गृहमन्त्रीको छलफल

गृहमन्त्री सुधन गुरुङले सीमापार तस्करी नियन्त्रणबारे मधेश र लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते २१:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग सीमापार तस्करी नियन्त्रणबारे छलफल गरेका छन् ।
  • सांसदहरूले भन्सार प्रणाली सुधार, भन्सार दर पुनरवलोकन, प्रभावकारी निगरानी र अनुगमन संयन्त्र विकास गर्ने सुझाव दिएका थिए।
  • मन्त्री गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित सवालहरु कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग थप समन्वय गर्ने बताएका छन् ।

४ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सीमापार तस्करी नियन्त्रणबारे मधेश र लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् ।

छलफलमा सांसदहरूले विद्यमान भन्सार प्रणाली सुधार गर्ने, भन्साद दर पुनरवलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी तथा अनुगमन संयन्त्र विकास गर्ने, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिन मापदण्ड निर्धारण गर्ने लगायतका सुझाव दिएका थिए ।

छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित सवालहरु गृह मन्त्रालयले कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरुमा अर्थ मन्त्रालयसँग थप छलफल तथा समन्वयमार्फत् समाधान गर्ने मन्त्री गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?