News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई नेपाली कांग्रेसको आधिकारिकता दिएको छ।
- रिट निवेदक पक्षका नेता डा प्रकाशशरण महतले कानुनीरुपमा जाने अर्को ठाउँ समाप्त भएको र अपेक्षित निर्णय नआएको बताए।
- डा महतले १५औं महाधिवेशन सबैलाई मान्य हुने गरी समझदारीमा अघि बढ्नुपर्ने र जिम्मेवारी गगन थापाको भएको बताए।
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएपछि रिट निवेदक पक्षहरूले अपेक्षित निर्णय नआएको बताएका छन् ।
रिट निवेदक पक्ष (शेरबहादुर देउवा समूह)का नेता डा प्रकाशशरण महतले कानुनीरुपमा जाने ठाउँ समाप्त भएको बताउँदै अपेक्षित निर्णय नआएको बताएका हुन् ।
‘अपेक्षित निर्णय आएन । कानुनी रुपमा हामी यसभन्दा जाने अर्को ठाउँ समाप्त भयो,’ उनले भने । उनले राजनीतिक रुपमा अब कांग्रेस पार्टी कसरी अघि बढ्छ भन्ने विषयमा प्रश्न रहेको बताए ।
‘अब राजनीतिक रुपमा नेपाली कांग्रेस पार्टी कसरी जान्छ भन्ने कुरामा अहिले पनि प्रश्नवाचक छ । चुनौतीपूर्ण घडी देशमा छ, कांग्रेस यो अवस्थामा छ,’ उनले भने, ‘त्यसकारण यो सबैलाई के गरेर लैजाने भन्ने महत्त्वपूर्ण कुरा छ ।’
उनले 15 औं महाधिवेशन सबैलाई मान्य हुने गरी समझदारी गरी साझा सुध अघि सारेर जानुपर्ने बताए ।
‘१५औं महाधिवेशन सबैलाई मान्य हुने गरेर समझदारी साझा सुत्र अगाडि सारेर अधिवेशन तयारी समिति सबैको समझदारीमा हुन सक्यो भने पार्टी एक हुन सक्छ,’ उनले भने, ‘त्यसको पहल गर्ने जिम्मेवारी उहाँहरूको हो आधिकारिकता उहाँहरूलाई नै दिइसकेपछि । त्यो अवस्थामा एकीकृत बनाएर लैजाने कसरी, अगाडि कसरी बढाएर लैजाने भन्ने कुरा मुख्य हो ।’
उनले पार्टीका नेताहरूलाई एक ठाउँमा ल्याएर अघि बढाउने जिम्मा सभापति गगन थापाको भएको पनि बताए । ‘एक बनाएर लैजाने र यसका लागि पहल गर्ने जिम्मेवारी गगनजीको हुन्छ’ उनले भने ।
प्रतिक्रिया 4