+
+
Shares

मेयर–कर्मचारी कुटपिट प्रकरण : मुद्दा अंगभंगमा परिणत

सुरेश राय सुरेश राय
२०८३ वैशाख ६ गते ११:४१

६ वैशाख, सिरहा । सिरहा नगरपालिकाका प्रमुख नवीनकुमार यादव विरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा दर्ता भएको मुद्दा अनुसन्धानका क्रममा अंगभंगसम्बन्धी कसुरमा परिणत भएको छ । कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादव माथि भएको कुटपिटबाट छातीको करङ भाँचिएको अस्पताल रिपोर्टमा पुष्टि भएपछि मुद्दा परिवर्तन गरिएको प्रहरीले जनाएको छ ।

चैत २३ गते बिहान हाजिरी गरिरहेको अवस्थामा नगर प्रमुख यादवले गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेको आरोप छ । घटनापछि चैत २५ गते जिल्ला प्रहरी कार्यालय, सिरहाले नगर प्रमुख यादव र कुटपिटमा संलग्न अर्का कर्मचारी रोहित मेस्तर विरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ पुर्जी लिएको थियो ।

मेस्तर पक्राउ परिसके पनि नगर प्रमुख यादव भने हालसम्म फरार रहेको र खोजी जारी रहेको सिरहा प्रहरी प्रवक्ता रमेशबहादुर पाल बताउँछन् ।

प्रहरीका अनुसार अब मुद्दा अंगभंगसम्बन्धी कसुरमा परिणत भएसँगै अदालतमा जानेछ । यसअघि अभद्र व्यवहार मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने व्यवस्था थियो ।

यता मेयर पक्राउ नपर्नुलाई लिएर स्थानीय तथा आफन्तमा भाइ पर्ने रामकुमार यादवले प्रहरी प्रशासनकै मिलेमतो रहेको आरोप लगाएका छन् । उनका अनुसार सामान्य नागरिकमाथि मुद्दा दर्ता हुँदा तत्काल पक्राउ हुने, तर नगर प्रमुखमाथि मुद्दा परिवर्तन हुँदासमेत पक्राउ नहुनु शंकास्पद देखिएको छ ।’ सर्वसाधारण तुरुन्त पक्राउ पर्ने, तर मेयर पक्राउ नपर्नाले प्रहरीकै मिलेमतो हुनसक्ने उनले आरोप लगाए ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?