News Summary
Generated by OK AI. Editorially reviewed.- कलाम अली र वसन्त शाही ठकुरी नेपाली पुरुष क्रिकेट टिमका सहायक प्रशिक्षक नियुक्त भएका छन्।
- नेपाल क्रिकेट संघले कलाम र वसन्तलाई आगामी यूएईसँगको टी-२० आई सिरिजअघि सहायक प्रशिक्षक नियुक्त गरेको हो।
- ज्ञानेन्द्र मल्लले राजनीतिमा होमिएपछि सहायक प्रशिक्षक पद छाडेका थिए र उनीहरूको स्थानमा कलाम र वसन्त नियुक्त भएका हुन्।
६ वैशाख, काठमाडौं । कलाम अली र वसन्त शाही ठकुरी नेपाली पुरुष क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कलाम र वसन्तलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो । कलाम यसअघि नेपाल ‘ए’ को प्रशिक्षक रहिसकेका छन् भने वसन्त पनि नेपालको सहायक प्रशिक्षक भइसकेका छन् ।
नेपाल र यूएईबीच हुन लागेको टी-२०आई सिरिज र आगामी लिग २ सिरिज अघि दुई सहायक प्रशिक्षक नियुक्त गरिएको हो ।
कलाम अली पीएम कप क्रिकेटमा बागमती प्रदेशको प्रशिक्षक थिए भने वसन्त शाही लुम्बिनी प्रदेशका प्रशिक्षक थिए ।
यस्तै एनपीएलको दोस्रो संस्करणमा कलाम चितवन राइनोजका मुख्य प्रशिक्षक थिए भने वसन्त काठमाडौं गोर्खाजको सहायक प्रशिक्षक थिए ।
यसअघि नेपाली टोलीको सहायक प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल थिए । उनी रास्वपामार्फत राजनीतिमा होमिएपछि सहायक प्रशिक्षक पद छाडेका थिए ।
नेपाल र यूएईबीचको दुई खेल सोमबार र मंगलबार हुँदैछ ।
प्रतिक्रिया 4