News Summary
Generated by OK AI. Editorially reviewed.- एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक 'इनर्जी पार्टनर' को रूपमा सम्झौता गरेको छ।
- सम्झौतामा एक्सट्रिम इनर्जी ड्रिंकले आर्थिक सहयोग र प्रत्येक खेलका ‘म्यान अफ ड म्याच’ लाई गिफ्ट ह्याम्पर प्रदान गर्ने सहमति भएको छ।
- कर्पोरेट टि-१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
७ वैशाख, काठमाडौं । कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक ‘इनर्जी पार्टनर’ को रूपमा सम्झौता गरेको छ ।
काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका निर्देशक ज्योति भण्डारी र एक्स्ट्रिम इनर्जी ड्रिंकका इभेन्ट म्यानेजर सुजल राणाबीच सोमबार औपचारिक हस्ताक्षर सम्पन्न भएको छ । कार्यक्रममा दुवै पक्षले खेलकुद प्रवर्द्धन र कर्पोरेट क्षेत्रलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस सम्झौता अनुसार एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टी-१० लिगलाई आर्थिक तथा प्रत्येक खेलका ‘म्यान अफ ड म्याच’ लाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने सहमति भएको छ ।
कर्पोरेट टी-१० लिगका लागि इनर्जी पार्टनरका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक सँग भएको सहकार्यप्रति दुवै पक्षले उत्साह व्यक्त गरेका छन् । एक्सट्रिम इनर्जी ड्रिंकका इभेन्ट म्यानेजर सुजल राणाले यस सहकार्यले खेलाडीहरूको ऊर्जा र प्रदर्शनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । उनले यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धन मात्र नभई खेलप्रतिको जोश र उत्साहलाई अझ मजबुत बनाउने प्रयास रहेको बताए ।
काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका निर्देशक ज्योति भण्डारीले एक्स्ट्रिम इनर्जी ड्रिंक जस्तो ब्रान्डसँगको सहकार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनले पछिल्लो समय एक्स्ट्रिम इनर्जी ड्रिंक खेलकुद क्षेत्रमा प्रायोजनमा निकै सक्रिय रहेको उल्लेख गर्दै यसलाई ईनर्जी पार्टनर का रूपमा पाउनु आफूहरूका लागि खुसीको विषय भएको बताए । साथै, यस साझेदारीले लिगलाई थप सशक्त र प्रभावशाली बनाउनुका साथै कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिद्वारा आयोजना हुन लागेको कर्पोरेट टी–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ।
प्रतिक्रिया 4