+

तौल नघट्ने वा नबढ्ने समस्या छ ? हुन सक्छ मेटाबोलिज्मको दोष

२०८३ वैशाख  ७ गते १५:१५ २०८३ वैशाख ७ गते १५:१५
Shares
तौल नघट्ने वा नबढ्ने समस्या छ ? हुन सक्छ मेटाबोलिज्मको दोष

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेटाबोलिज्म शरीरको यस्तो प्रक्रिया हो जसले खानालाई ऊर्जा, एन्जाइम वा बोसोमा परिवर्तन गर्छ र २४ घण्टा निरन्तर चलिरहन्छ।

आजकल तौल बढ्ने वा नबढ्ने समस्या लगभग हरेक घरमा देखिन्छ । कसैलाई आफ्नो बढ्दो तौल धेरै भएर चिन्तित बनाउँछ भने कसैलाई पटक्कै तौल नबढेपछि हैरानी हुन्छ । यदि तपाईं पनि यस्तै समस्या भोगिरहनुभएको छ भने, दोषी हुन सक्छ तपाईंको मेटाबोलिज्म ।

तर धेरैजसो मानिसहरूलाई मेटाबोलिज्म भनेको के हो, यो शरीरमा कसरी काम गर्छ यसलाई आफ्नो अनुकूल बनाउन कसरी सकिन्छ भन्नेबारे पर्याप्त जानकारी नै हुँदैन । मेटाबोलिज्म सम्बन्धी रोचक र महत्वपूर्ण तथ्यहरू छन्, जसले स्वस्थ तौल नियन्त्रण गर्न र ऊर्जावान् जीवन बिताउन मद्दत गर्न सक्छ ।

मेटाबोलिज्म भनेको के हो ?

मेटाबोलिज्म हाम्रो शरीरको त्यस्तो प्रक्रिया हो जसले खाएको खानालाई ऊर्जा, एन्जाइम वा बोसोमा परिवर्तन गर्छ । मेटाबोलिज्मको चक्र हाम्रो शरीरमा निरन्तर चलिरहन्छ जसले शरीरलाई शक्ति प्रदान गर्दछ । सरल शब्दमा भन्नुपर्दा, मेटाबोलिज्म हाम्रो शरीरको ऊर्जा प्रदायक हो र शरीरका कोषहरूलाई बनाउन मद्दत गर्दछ ।

यो प्रक्रिया २४ घण्टासम्म निरन्तर चलिरहन्छ । यदि यो प्रक्रिया रोकियो भने शरीरका सबै क्रियाकलापहरू प्रभावित हुन सक्छन् । मेटाबोलिज्म सामान्यतया दुई प्रकारको हुन्छ राम्रो मेटाबोलिज्म र सुस्त मेटाबोलिज्म ।

मेटाबोलिज्मका तथ्यहरू बुझ्नुअघि यी कुराहरू पनि बुझ्नुपर्छ

मेटाबोलिज्मका तथ्यहरूबाट आफ्नो मेटाबोलिज्मको दर बढाउन वा घटाउन सकिन्छ । यी तथ्यहरूले आफ्नो लिङ्ग, दैनिक बानी र स्वास्थ्य अवस्थाअनुसार मेटाबोलिज्मलाई कसरी प्रभावित गर्न सकिन्छ भन्ने पनि जानकारी हुन्छ ।

यहाँ केही मेटाबोलिज्म सम्बन्धी तथ्यहरू दिइएका छन् जुने स्वस्थ तौल नियन्त्रण गर्न फाइदाजनक साबित हुन सक्छन् ।

मेटाबोलिज्म तथ्यहरू : क्यालोरी बर्नको दर जान्ने

जब दैनिक ७७०० क्यालोरी बर्न गर्नुहुन्छ तब तौल १ किलो घट्छ । आधा घण्टाको स्विमिङले २००–३०० क्यालोरी बर्न गर्न सक्छ भने २० मिनेटको पैदल हिँडाइले करिब १०० क्यालोरी जलाउन सक्छ । यसको मतलब शारीरिक गतिविधि बर्न गर्ने क्यालोरी र मेटाबोलिज्म दरसँग सम्बन्धित छ ।

लगातार क्यालोरी बर्न हुने प्रक्रिया

जब हामी बाहिरी काम गरिरहेका हुँदैनौ तब पनि शरीरले क्यालोरी बर्न गरिरहेको हुन्छ । शरीरले आफ्ना आधारभूत कार्यहरू चलाउन बोसोलाई ऊर्जामा बदल्छ र शरीरमा जम्मा भएको क्यालोरीले आवश्यक ऊर्जा प्रदान गर्छ ।

शरीरले कति बोसो बर्न गर्छ भन्ने कुरा गतिविधिको प्रकारमा निर्भर गर्छ । डेस्कमा काम गर्दा पनि शरीरले क्यालोरी बर्न गरिरहेको हुन्छ । शरीर एउटा मेसिन हो जसलाई चलाउन ऊर्जा चाहिन्छ । त्यसैले आराम गर्दा पनि क्यालोरी बर्न भइरहेको हुन्छ ।

धेरै प्रोटिन खाँदा मेटाबोलिज्म बढ्न सक्छ

प्रोटिन त्यस्तो पोषक तत्व हो जसले बर्न गर्ने क्यालोरीको मात्रा बढाउन सक्छ । अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, जसले बढी क्यालोरी खाएका थिए उनीहरूलाई उच्च प्रोटिन आहार खाँदा आरामको अवस्थामा पनि बढी ऊर्जा खपत भएको पाइयो ।

सबैभन्दा राम्रो प्रभावका लागि कुखुराको मासु, माछाजस्ता प्रोटिन स्रोत छान्नुपर्छ र दिनभरि थोरै-थोरै मात्रामा खानुपर्छ ।

तौल घटाउनका लागि हरेक २–३ घण्टामा स्वस्थ खानेकुरा खाने

शरीरलाई स्वस्थ खानेकुराले भरिपूर्ण राख्नुपर्छ । क्यालोरी जलाउने प्रक्रियालाई बढावा दिन लामो ब्रेकको साटो दिनमा कम्तीमा ५–६ पटक थोरै-थोरै मात्रामा स्वस्थ भोजन खाने बानी बसाल्नुपर्छ ।

शारीरिक गतिविधि

जो मानिस शारीरिक रूपमा फिट हुन्छन्, उनीहरूमा मेटाबोलिज्मले राम्रोसँग काम गर्दछ किनकि व्यायाम गर्दा उनीहरू बढी क्यालोरी बर्न गर्छन् । तर आराम गर्दा पनि उनीहरूको शरीरले क्यालोरी बर्न गरिरहन्छ । यसरी शारीरिक गतिविधिको बानी बसाल्दा यो क्यालोरी बर्न गर्ने प्रक्रियाका लागि स्वतः कार्यक्रमबद्ध हुन्छ ।

उमेर बढ्दै जाँदा मेटाबोल्जिम घट्दै जान्छ

जसरी उमेर बढ्दै जान्छ, त्यसैगरी हाम्रो बेसल मेटाबोलिक रेट बिस्तारै घट्दै जान्छ । हरेक १० वर्षमा यो करिब २–५ प्रतिशतले घट्छ । यो मुख्य रूपमा मांसपेशीको मात्रा घट्नु र शारीरिक गतिविधि कम हुनुको कारणले हुन्छ ।

थाइराइड ग्रन्थीले मेटाबोलिज्म नियन्त्रण गर्दछ

थाइराइड भनेको घाँटीको अगाडि रहेको सानो तितली आकारको ग्रन्थी हो जसले मेटाबोलिज्मलाई नियन्त्रण गर्छ । यो ग्रन्थीले खाएको खानालाई ऊर्जामा बदल्ने दरलाई स्थिर राख्छ । मस्तिष्कले प्रोटिन, ऊर्जा निर्माण र हर्मोन सन्तुलन सम्बन्धी आवश्यकता अनुसार थाइरइड ग्रन्थीलाई सन्देश पठाउँछ ।

थाइराइडले तौलमा ठूलो प्रभाव पार्छ

धेरै मानिसहरू तौल घटाउन गाह्रो भएको बताउँछन् र उनीहरूमा अन्डरएक्टिभ थाइराइड ‘कम सक्रिय थाइरॉइड’ भएको हुन्छ जसले बेसल मेटाबोलिक रेटलाई ढिलो बनाउँछ । तर अन्डरएक्टिभ थाइराइडले केवल तौलमा मात्र होइन, थकान, डिप्रेसन, तौल बढ्ने, सेक्स ड्राइभ घट्ने, कपाल झर्ने र छाला सुक्खा हुने जस्ता लक्षणहरू पनि निम्त्याउँछ । यी समस्या थाइराइडको औषधिबाट मात्र ठीक गर्न सकिन्छ ।

अन्य कारकहरू जसले मेटाबोल्जिमलाई प्रभावित गर्छन्

हरेक व्यक्तिको क्यालोरी बर्न गर्ने क्षमता वंशाणुगत हुन्छ । उदाहरणका लागि, यदि परिवार र पुर्खाहरू स्वाभाविक रूपमा पातलो र फिट छन् भने, उसको सन्तान जे खाए पनि पातलै रहने सम्भावना बढी हुन्छ ।

तौल मेटाबोलिज्म
डा. खलील मिया
लेखक
डा. खलील मिया
पेट तथा कलेजो रोग विशेषज्ञ

डा. खलील मिया हाल लुम्बिनी प्रदेश अस्पताल, बुटवलमा कार्यरत छन् । ग्यास्ट्रोएन्टेरोलोजीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल नम्बर १५२९३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

तौल नघट्ने वा नबढ्ने समस्या छ ? हुन सक्छ मेटाबोलिज्मको दोष

तौल नघट्ने वा नबढ्ने समस्या छ ? हुन सक्छ मेटाबोलिज्मको दोष

पेटको आन्द्रा, दोस्रो मस्तिष्क

पेटको आन्द्रा, दोस्रो मस्तिष्क

दैनिक २ वटा अण्डा एक महिनासम्म खाँदा शरीरमा के हुन्छ ?

दैनिक २ वटा अण्डा एक महिनासम्म खाँदा शरीरमा के हुन्छ ?

फिजियोथेरापीमा पीएचडी : गुणस्तर, विश्वसनीयता र नियमनको जरुरी

फिजियोथेरापीमा पीएचडी : गुणस्तर, विश्वसनीयता र नियमनको जरुरी

शरीरको रक्षा प्रणाली बिग्रिँदा कस्ता रोग जन्मिन्छन् ? 

शरीरको रक्षा प्रणाली बिग्रिँदा कस्ता रोग जन्मिन्छन् ? 

अध्ययनको रिपोर्ट : २०५० सम्म १.८ अर्ब मानिस हुनेछन् कलेजो रोगबाट पीडित

अध्ययनको रिपोर्ट : २०५० सम्म १.८ अर्ब मानिस हुनेछन् कलेजो रोगबाट पीडित