+

मञ्जुश्री ट्रेल रेसको उपाधि अर्जुन र आङ फुर्बालाई

२०८३ वैशाख  ७ गते १४:५९ २०८३ वैशाख ७ गते १४:५९
मञ्जुश्री ट्रेल रेसको उपाधि अर्जुन र आङ फुर्बालाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्जुश्री ट्रेल रेस २०२६ अन्तर्गत १०० माइल दूरीमा अर्जुन कुलुङ राई र आङ फुर्बा शेर्पा विजेता भएका छन्।
  • पुरुषतर्फ अर्जुन राई कुलुङ २६ घण्टा ३७ मिनेट ४९ सेकेन्डमा पहिलो भए भने महिलातर्फ आङ फुर्बा शेर्पाले ३३ घण्टा १३ मिनेट ६ सेकेन्डमा विजेता बनिन्।
  • प्रतियोगितामा विजेताहरूलाई नगदसहित विभिन्न पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

७ वैशाख, काठमाडौं । मन्जुश्री ट्रेल रेस २०२६ अन्तर्गत १०० माइल दूरीमा अर्जुन कुलुङ राई र आङ फुर्बा विजेता भएका छन् ।

काठमाडौं उपत्यकाको रिम क्षेत्रमा सम्पन्न प्रतियोगितामा धावकहरूले कठिन ट्रेल, उकालो र लामो दूरी पार गर्दै प्रतिस्पर्धा गरेका थिए।

पुरुषतर्फ अर्जुन राई कुलुङ २६ घण्टा ३७ मिनेट ४९ सेकेन्ड समयका साथ पहिलो भए । मिलन कुलुङ राई दोस्रो तथा विजय राना मगर तेस्रो स्थानमा रहे ।

महिलातर्फ आङ फुर्बा शेर्पा ३३ घण्टा १३ मिनेट ६ सेकेन्ड समयका साथ विजेता बनिन् । एन्ने माइ बान दोस्रो हुँदा अनिता राई तेस्रो स्थानमा रहिन् ।

विजेताहरूलाई नगदसहित विभिन्न पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी सबै धावकले कठिन यात्रामा उत्कृष्ट धैर्य र सहनशीलता प्रदर्शन गरेका थिए ।

अर्जुन कुलुङ राई आङ फुर्बा शेर्पा मञ्जुश्री ट्रेल रेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय