+
+
WC Series
Nepal
0/0
VS
UAE
0/0
Shares

१२ वटै संसदीय समितिका सभापतिहरूले भेटे सभामुख

प्रतिनिधिसभाका १० र संयुक्त २ गरी १२ वटा समितिका सभापतिले आज सोमबार सभामुख अर्याललाई भेटेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाका १२ समितिका सभापतिहरुले सभामुख डोलप्रसाद अर्याललाई भेटेर प्रभावकारी सञ्चालनका लागि निर्देशन पाएका छन्।
  • सभामुख अर्यालले समितिमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गरेका छन् ।
  • समिति सभापतिहरुले जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र संसदीय मूल्य आत्मसाथ गर्ने प्रतिबद्धता जनाएका छन्।

७ वैशाख, काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सम्माननीय सभामुख डोलप्रसाद अर्याललाई भेट गरेका छन् । प्रतिनिधिसभाका १० र संयुक्त २ गरी १२ वटा समितिका सभापतिले आज सोमबार सभामुख अर्याललाई भेटेका हुन् ।

भेटमा सभामुख अर्यालले मिनी संसद्को रुपमा रहने संसदीय समितिलाई प्रभावकारी रुपमा सञ्चालन गरी अघि बढाउन निर्देशन दिए ।

दलीय प्रतिनिधित्व गरेर निर्वाचित भए पनि समितिमा हुने कामकारबाहीमा दलको आस्था र प्रभाव नदेखाउन उनले आग्रह गरे । उनले संघीय संसद् सचिवालय र आफूले समितिहरूलाई सधैँ सहयोग गरिरहने पनि बताए ।

समिति सभापतिहरुले पनि आफूहरुले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनीहरूले पुराना असल अभ्यासहरुलाई निरन्तरता दिँदै नवीन ढंगबाट संसदीय मूल्य र मान्यतालाई आत्मसाथ गर्दै समितिका गतिबिधीहरुलाई अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?