+
+
WC Series
Nepal
122/8 (18.5)
VS
UAE
0/0
Shares

‘मालती मंगले’ को नयाँ गीतमा विजय, वर्षा, मेक्समको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘मालती मंगले’को तेस्रो गीत ‘झ्याम पारम’ युट्युबमा रिलिज भएको छ।
  • गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर, राजेन्द्र थापाको शब्द र राजनराज शिवाकोटीको सङ्गीत छ।
  • फिल्म २५ बैशाखदेखि प्रदर्शन तयारीमा रहेको छ र निर्देशक प्रकु पाण्डेयले कथा लेखेका हुन्।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘मालती मंगले’को तेस्रो गीत ‘झ्याम पारम’ युट्युबमा रिलिज भएको छ । यसअघि सार्वजनिक भएका ‘सुनैको सपनी’ र ‘ढुंगा माथि लेउ’ लाई दर्शकले रुचाएका छन् ।

सार्वजनिक गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर सुन्न सकिन्छ । गीतमा दिग्गज गीतकार राजेन्द्र थापाको शब्द, राजनराज शिवाकोटीको सङ्गीत र श्यामश्वेत रसाइलीको एरेन्ज छ ।

भिडियोलाई भव्य र मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ । रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको नयाँ गीत ‘झ्याम पारम’मा कलाकार विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसहित सविन कार्की, एलिसा शर्मा र रोसित कर्माचार्यलाई विशेष अतिथि भूमिकामा देख्न सकिन्छ ।

सुनिता पोखरेलको सहायक कोरियोग्राफी, विक्रम थापा र शंकर थापाको मेकअप, रश्मी दाहालको हेयर स्टाइल तथा मनिता सुन्दासको कला निर्देशन छ ।

प्रकु पाण्डेय निर्देशित फिल्मलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो । फिल्मको कथा स्वयं निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंको छ ।

फिल्ममा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारको अभिनय छ ।

कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताको रूपमा छन् । २५ बैशाखदेखि फिल्म प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?