+
+
WC Series
Nepal
0/0
VS
UAE
48/5 (7.4)
Shares

रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट

अधिवक्ता आयुष बडाललगायतले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने स्वत: निलम्बनको अवस्थामा रहने भएकाले उनलाई सांसदको रुपमा कामकाज गर्न दिन नहुने आदेशको माग राखेर निवेदन दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सभापति रवि लामिछानेलाई सांसदको रुपमा काम गर्न रोक लगाउन सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
  • अधिवक्ता आयुष बडाललगायतले सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन भएकाले लामिछानेलाई स्वत: निलम्बनमा राख्न आदेश माग गरेका छन्।
  • सर्वोच्च प्रशासनले रिट निवेदन दर्ता नगरेको र मुद्दा आगामी बिहीबार पूर्ण इजलासमा सुनुवाइ हुने छ।

८ वैशाख, काठमाडौं ।  रास्वपाका सभापति रवि लामिछानेलाई सांसदको रुपमा काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

अधिवक्ता आयुष बडाललगायतले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने स्वत: निलम्बनको अवस्थामा रहने भएकाले उनलाई सांसदको रुपमा कामकाज गर्न दिन नहुने आदेशको माग राखेर निवेदन दिएका हुन् ।

तीन दिनअघि पेस भएको रिट निवेदन सर्वोच्च प्रशासनले अझै दर्ता गरेको छैन । रिट निवेदन दर्ता नहुने भए दरपीठ आदेश (दर्ता नहुने भनि लेखिएको आदेश) दिनुपर्ने व्यवस्था भए पनि अहिलेसम्म अहिलेसम्म उक्त निवेदन दरपीठ भएको छैन ।

सर्वोच्च अदालत प्रशासन स्रोतका अनुसार पेस भएको रिट निवेदनबारे माथि जानकारी दिनुपर्ने भनेर होल्डमा राखिएको छ ।

अघिल्लो सरकारले पू्र्वगृहमन्त्री लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गरेको थियो । त्यसविरुद्धको रिट निवेदन सर्वोच्च अदालतकै पूर्ण इजलासमा तोकिएको छ ।

आउने बिहीबार उक्त मुद्दाको पालो परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?