+
+
WC Series
Nepal
0/0
VS
UAE
47/4 (6.6)
Shares

प्रतिनिधिसभाले गैरसरकारी प्रस्तावलाई पनि प्राथमिकता दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १६:४४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाले सातामा एक दिन गैरसरकारी प्रस्तावमाथि छलफल गर्ने गरी नियमावलीको नियम ११ मा व्यवस्था गरेको छ।
  • सभाको बैठक बसेको प्रत्येक शुक्रबार प्रश्नोत्तरपछि गैरसरकारी कार्यसूचीलाई प्राथमिकता दिइनेछ।
  • शुक्रबार बैठक नबसेमा सभामुखले अर्को दिन तोक्न सक्नेछन् र गैरसरकारी कार्यसूचीमा मन्त्री बाहेकका सदस्यले प्रस्तुत गर्ने विषय पर्छन्।

८ वैशाख, काठमाडौं । प्रतिनिधिसभाले गैरसरकारी प्रस्तावलाई पनि प्राथमिकता दिने भएको छ । सातामा एक दिन गैरसरकारी प्रस्तावउपर छलफल चलाउने गरी नियमावली बनाइएको छ ।

नियमावलीको नियम ११ मा सरकारी र गैरसरकारी कार्य गरिने दिनसम्बन्धी व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘सभाको बैठक बसेको प्रत्येक शुक्रबारको दिन प्रश्नोत्तर पछिको समय गैरसरकारी कार्यसूचीले र अरू दिन सरकारी कार्यसूचीले प्राथमिकता पाउनेछ ।’

तर कुनै कारणवश शुक्रबारको दिन बैठक नबसेमा सभामुखले उक्त कार्यको लागि अर्को कार्यदिन तोक्न सक्नेछन् ।

यस नियमको प्रयोजनका लागि सरकारी कार्यसूची भन्नाले मन्त्रीको तर्फबाट सभामा प्रस्तुत हुने कुनै विधेयक वा प्रस्ताव वा विषय रहनेछन् भने गैरसरकारी कार्यसूची अन्तर्गत मन्त्री बाहेकको सदस्यले प्रस्तुत गर्ने विषय पर्दछन् । ति विधेयक वा प्रस्ताव वा अनय विषय हुन सक्दछन् ।

विगतमा संसदमा पुगेका थोरै गैरसरकारी विधेयक मात्रै कानुनमा रूपान्तरित भएका छन् । यस्तो अवस्था तोड्ने गरी यसपटक प्रतिनिधिसभामा सातामा एक दिन गैरसरकारी कार्यसूचीमाथि छलफल गर्ने गरी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?