+
+
WC Series
Nepal
0/0
VS
UAE
89/6 (14.6)
Shares

डायस्पोरा बन्ड ल्याउने सरकारी योजनाले एनआरएनमा उत्साह थप्यो: उपाध्यक्ष दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गैरआवासीय नेपाली संघका उपाध्यक्ष लोकप्रसाद दाहालले वार्षिक एक खर्ब रुपैयाँ बराबरको डायस्पोरा बन्ड ल्याउने सरकारको योजनाले मातृभूमिको विकासमा जोड्ने आधार तय गरेको बताए।
  • दाहालले सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य नै डायस्पोरा पुँजीलाई राष्ट्र निर्माणमा लगाउने मुख्य कडी हुने उल्लेख गरे।
  • एनआरएनएको नयाँ नेतृत्व चयनपछि संघले आन्तरिक विवाद पन्छाएर सकारात्मक ऊर्जा साथ अघि बढेको दाहालले बताए।

८ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष लोकप्रसाद दाहालले वार्षिक एक खर्ब रुपैयाँबराबरको ‘डायस्पोरा बन्ड’ ल्याउने सरकारको योजनाले मातृभूमिको विकासमा जोड्ने आधार तय गरेको बताएका छन् ।

सरकार, एनआरएनए र निजी क्षेत्रबीचको दरिलो सहकार्य नै डायोस्पोरा पुँजीलाई राष्ट्र निर्माणमा लगाउने मुख्य कडी बन्ने उनको भनाइ छ ।

‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई आत्मसात गर्दै नेपाल सरकारले एनआरएनका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ,’ उपाध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘विशेषगरी, वार्षिक १ खर्ब रुपैयाँ बराबरको ‘डायोस्पोरा बण्ड’ ल्याउने सरकारको योजनाले विदेशमा रहेका ८० लाख नेपालीको पुँजीलाई मातृभूमिको विकासमा जोड्ने आधार तय गरेको छ ।’

विगतमा वैदेशिक रोजगारी बचत बन्डमा देखिएको न्यून सहभागिताका कारण यसपटक विश्वासिलो र आकर्षक लगानी मोडलको खाँचो महसुस गरिएको उनको भनाइ छ ।

‘विशेषज्ञहरूले सानादेखि ठूला लगानीकर्ता र विदेशी पासपोर्टधारी नेपालीसमेतलाई समेट्ने गरी ‘सामूहिक लगानी कोष’ को अवधारणा अघि सारेका छन्,’ दाहालले अगाडि भनेका छन्, ‘जलविद्युत, पूर्वाधार, कृषि र पर्यटन जस्ता क्षेत्रमा लगानी गरी विदेशमा रहेको १०० खर्बभन्दा बढीको आर्थिक सम्भावनालाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने प्रवल सम्भावना छ । अब सरकार, एनआरएनए र निजी क्षेत्रबीचको दरिलो सहकार्य नै डायोस्पोरा पुँजीलाई राष्ट्र निर्माणमा लगाउने मुख्य कडी बन्नेछ ।

उनले एनआरएनएको पछिल्लो एकताले डायोस्पोरा लगानीमा नयाँ आशा र उत्साहको सञ्चार गरेको उल्लेख गरेका छन् । काठमाडौंमा सम्पन्न महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै विगतका आन्तरिक विवादहरू पन्छाएर संघ यतिबेला सकारात्मक ऊर्जाका साथ अघि बढेको उपाध्यक्ष दाहालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?