News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईले दोस्रो टी–२०आई खेलमा नेपाललाई १२९ रनको लक्ष्य दिएको छ।
- यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको छ।
- नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने हेमन्त धामीले २ विकेट लिए।
८ वैशाख, काठमाडौं । दोस्रो टी–२०आई खेलमा यूएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो ।
यूएईका लागि अक्षदीप नाथले अर्धशतक प्रहार गरे । ४८ रन जोड्दा ६ विकेट गुमाएर संकटमा पुगेको यूएईको ब्याटिङ अक्षदीप र मोहम्मद अरफानको साझेदारीले उकासेको थियो ।
नाथ र अरफानले सातौं विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । नाथ ५३ रनमा अविजित रहँदा अरफान ३२ रनमा आउट भए । कप्तान मोहम्मद वासिम ०, अदीब उसमानी ३०, अलीशान शराफू १, हरप्रीत सिंह भाटिया १, शोएब खान ०, निलंश केसवानी ० र खुजाइमा तनभीर ० रनमा आउट भए ।
बलिङमा नेपालका सन्दीप लामिछानेले ३, हेमन्त धामीले २, नन्दन यादव र शाहव आलमले एकएक विकेट लिए । पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया 4