+
+
Shares

अमेरिकाले युद्धविराम लम्ब्याउँदा इरान किन भयो सशंकित ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते ९:२०

९ वैशाख, काठमाडौं । इरानी अधिकारीहरुले अमेरिकाले लम्ब्याएको युद्धविराम पालना हुनेमा आशंका गरेका छन् ।

इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफका सल्लाहकार महदी मोहम्मदीलेले अमेरिकाले अचानक आक्रमण गर्न सक्ने भन्दै युद्धविराम पालना हुनेमा आशंका गरेका हुन् ।

उनले युद्धविराम बढाउनुको कुनै औचित्य नभएको जिकिर गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘हार्ने पक्षले शर्तहरू तय गर्न सक्दैन । घेराबन्दी जारी राख्नु बमबारीबाट अलग होइन । यसको जवाफ सैन्य कारबाहीबाट दिनुपर्छ ।’

अचानक हमलाको तयारीका लागि अमेरिकी राष्ट्रपतिले युद्धविरामको समयावधि बढाएको भन्दै मोहम्मदीले इरानले आक्रमण गर्ने समय आइसकेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले २२ अप्रिलमा युद्धविरामको समयावधि अनिश्चितकालका लागि बढाएको घोषणा गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र फिल्ड मार्शल आसिम मुनीरको माग अनुसार समय बढाइएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?