News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले प्रणालीमा रहेको अधिक तरलता ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत खिच्ने भएको छ।
- ४० अर्ब रुपैयाँको निक्षेप १६० दिने अवधिको लागि असोज २१ गते परिपक्व भई साँवा भुक्तानी हुनेछ।
- क, ख र ग वर्गका संस्थाले न्युन ब्याजदरलाई प्राथमिकतामा राखी बोलकबोल गर्न सक्नेछन्।
९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीमा रहेको अधिक तरलता ४० अर्ब खिच्ने भएको छ ।
निक्षेप संकलन उपकरणमार्फत बैंकले १६८ दिने अवधिको लागि ४० अर्ब रुपैयाँ खिच्ने भएको हो । आगामी असोज २१ गते यो रकम परिपक्व भई साँवा तथा ब्याज भुक्तानी हुनेछ ।
क, ख र ग वर्गका संस्थाले यो रकमका लागि बोलकबोल गर्न सक्नेछन् । न्युन ब्याजदरलाई प्राथमिकतामा राखी राष्ट्र बैंकले रकम बाँडफाँट गर्दछ ।
बैंक तथा वित्तीय संस्थामा कर्जाको माग पर्याप्त नहुनु र निक्षेप वृद्धि भइरहँदा अधिक तरलता कायम छ । यस्तोमा नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।
बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4