+
+
Shares

‘मन्त्रालयको इज्जतका लागि राजीनामा दिएको हुँ, सहयोग गरेकोमा धन्यवाद’

सम्पत्ति तथा शेयर कारोबारको विषय विवादमा आएपछि सुधन गुरुङले मन्त्रालयको इज्जतका लागि आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुधन गुरुङले मन्त्रालयको इज्जतका लागि गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
  • गुरुङले राजीनामा दिँदै भने, 'मेरा लागि पदभन्दा ठूलो कुरा नैतिकता हो।'
  • उनले नागरिक स्तरबाट उठेका सेयरसम्बन्धी प्रश्नलाई गम्भीर रूपमा लिएको र निष्पक्ष छानबिनको माग गरेका छन्।

९ वैशाख, काठमाडौं । सम्पत्ति तथा शेयर कारोबारको विषय विवादमा आएपछि सुधन गुरुङले मन्त्रालयको इज्जतका लागि आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

राजीनामा दिएपछि बुधबार मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै गुरुङले उक्त कुरा बताएका हुन् ।

‘तपाईंहरुको क्षमतादेखि म निकै खुसी छु । तपाईंहरुको क्षमतालाई मैले बाहिर ल्याउने काम मात्रै गरेको हुँ । यतिन्जेल मलाई सहयोग गरेकोमा तपाईंहरुलाई धन्यवाद दिन चाहान्छु । जुन स्पिरिटले काम गरिएको थियो, त्यसको तपाईंहरु नै हकदार हो । तपाईंहरुको र मन्त्रालयको इज्जतका लागि पनि मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ’ गुरुङलाई उदृत गर्दै एक कर्मचारीले भने ।

गुरुङले दिएको राजीनामालाई धेरैले स्वागत गरेका छन् । आरोप लागेपछि नैतिकता देखाउँदै राजीनामा दिएर अनुसन्धानका लागि बाटो खुल्ला गर्नुलाई धेरैले राम्रो मानेका छन् ।

राजीनामा दिँदै उनले लेखेका छन्, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो कुरा नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषय निष्पक्ष छानबिन होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?