News Summary
Generated by OK AI. Editorially reviewed.- राजस्थान रोयल्सले आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गर्दै पाँचौै जित हासिल गरेको छ।
- राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो भने लखनउ १८ ओभरमा ११९ रनमा अलआउट भयो।
- जोफ्रा आर्चरले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए भने रविन्द्र जडेजा ४३ रनमा अविजित रहे।
९ वैशाख, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौै जित हासिल गरेको छ ।
बुधबार भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गर्दै राजस्थान १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
राजस्थानले दिएको १६० रनको लक्ष्य पछ्याएको लखनउ १८ ओभरमा ११९ रनमा अलआउट भयो । मिचेल मार्शले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।
मार्शले ४१ बलमा सर्वाधिक ५५ रन बनाए । निकोलस पूरनले २२ तथा हिम्मत सिंहले १५ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
राजस्थानका लागि जोफ्रा आर्चरले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए । नान्द्रे बर्गर र ब्रिजेश शर्माले २-२ विकेट लिए । रविन्द्र जडेजा र रवि बिश्नोईले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । सुरुवात राम्रो नभएपनि राजस्थानले प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो ।
यशश्वी जैसवाल २२, वैभव सूर्यवंशी ८ अनि ध्रुव जुरेल शून्यमै आउट भएपछि राजस्थानले ३२ रनमा ३ विकेट गुमाएको थियो । कप्तान रियान पराग २० अनि शिम्रोन हेटमायर २२ रनमा आउट भए ।
रविन्द्र जडेजाले अन्तिम ओभरमा २० रन प्रहार गर्दै ४३ रनमा अविजित रहे । डोनोभन फेरेराले २० अनि शुभम दुबेले १९ रन बनाए ।
लखनउका मोहम्मद शामी, प्रिन्स यादव र मोहसिन खानले २-२ विकेट लिए ।
राजस्थानले ७ खेल खेल्दा ५ जितका साथ १० अंक जोडेको हो । एक खेल कम खेलेको पन्जाब ११ अंकसहित शीर्षमा यथावत् छ ।
पराजित लखनउ ७ खेलमा ४ अंकका साथ नवौं स्थानमा छ ।
प्रतिक्रिया 4