+
+
Shares

तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ।
  • चाँदीको भाउ पनि ११० रुपैयाँ घटेर प्रतितोला ५ हजार २० रुपैयाँमा कायम भएको छ।
  • गत बिहीबार सुनको भाउ ३ लाख २ हजार ८ सय र चाँदी ५ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

१० वैशाख, काठमाडौं । बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी ११० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११० रुपैयाँ घटेसँगै ५ हजार २० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १३० रुपैयाँ थियो । गत बिहीबार चाँदी ५ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?