+

आईपीएल खेल्न फिट भएपछि मिचेल स्टार्क दिल्लीको टोलीमा जोडिँदै

२०८३ वैशाख  १० गते ११:४७ २०८३ वैशाख १० गते ११:४७
आईपीएल खेल्न फिट भएपछि मिचेल स्टार्क दिल्लीको टोलीमा जोडिँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिल्ली क्यापिटल्सका अस्ट्रेलियन पेस बलर मिचेल स्टार्क आईपीएल खेल्न फिट भएपछि भारत आउने भएका छन्।
  • क्रिकेट अस्ट्रेलियाले स्टार्कलाई खेल्नका लागि फिट घोषणा गरेको छ।
  • सनराइजर्स हैदराबादका कप्तान प्याट कमिन्स पनि चोटमुक्त हुँदै यस साताको अन्तिमदेखि खेल्ने तयारीमा छन्।

१० वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सका अस्ट्रेलियन पेस बलर मिचेल स्टार्क आईपीएल खेल्न फिट भएपछि भारत आउने भएका छन् । उनलाई क्रिकेट अस्ट्रेलियाले खेल्नका लागि फिट घोषणा गरेको हो ।

कुहिनो र काँधको चोटका कारण उनी केही समयदेखि मैदानबाहिर थिए । अब उनी मे १ मा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीचको खेलमा यस सिजनको पहिलो खेल खेल्ने सम्भावना छ।

स्टार्कले त्यसपछि बाँकी लिग र सम्भावित प्लेअफ खेलहरू पनि खेल्ने अपेक्षा गरिएको छ । हाल दिल्ली ६ खेलमा ३ जित र ३ हारसहित पाँचौं स्थानमा छ ।

यस सिजन स्टार्कलाई दिल्लीले ठूलो रकममा राखेको थियो । उनले यसअघि चोटका कारण सुरुवाती खेल गुमाएकोमा टोली र समर्थकसँग माफी मागेका थिए ।

यसैबीच, सनराइजर्स हैदराबादको कप्तान रहेका अर्का अस्ट्रेलियन पेसर प्याट कमिन्स पनि चोटमुक्त हुँदै यस साताको अन्तिमदेखि खेल्ने तयारीमा छन् ।

आईपीएल २०२६ दिल्ली क्यापिटल्स मिचेल स्टार्क

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय