+
+
Shares

स्थानीय तहका उम्मेदवार छनोटको विधि बनाउन रास्वपाले गठन गर्‍यो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ११:१४
रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहका उम्मेदवार छनोट विधि बनाउन सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ।
  • समितिले वडा, पालिका, जिल्ला र प्रदेश तहमा छलफल गरी सुझाव संकलन गर्ने निर्णय गरेको छ।
  • वैशाख १४ देखि १८ गतेसम्म विभिन्न तहमा छलफल गरी उपल्लो तहमा सुझाव पठाउने कार्यक्रम तय गरिएको छ।

११ वैशाख, काठमाडौं । रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटको विधि बनाउन केन्द्रीय तहको समिति गठन गरेको छ । सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो ।

स्थानीय तहमा उम्मेदवार छनोटलाई पारदर्शी, समावेशी, योग्यतामा आधारित बनाउन लागि समिति बनाएको रास्वपाले जानकारी गराएको छ ।

उम्मेदवार छनोट कार्यदललाई ‘उम्मेदवार छनोट रुपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ नाम दिइएको छ । सहमहामन्त्री आचार्य नेतृत्वको समितिमा केन्द्रीय सदस्य आरके ढुङ्गाना सचिव बनेका छन् । अन्य सदस्यहरुमा समीक्षा बाँस्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र रोहन कार्की छन् ।

उक्त समितिको बैठकले वडा, पालिका, जिल्ला र प्रदेशमा छलफल गरेर सुझाव लिने निर्णय गरेको छ । वैशाख १४ गते वडा तहमा छलफल गरेर पालिकामा सुझाव पठाउने निर्णय गरिएको छ । वैशाख १६ मा पालिकामा, १७ मा जिल्ला र १८ मा प्रदेश तहमा छलफल गरेर उपल्लो तहमा सुझाव पठाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?