+
+
Shares

उड्नुअघि जहाजको झ्यालमा समस्या देखिएपछि…

यात्रुहरूले भने झ्यालमा समस्या आएर जहाज रोकिनुपर्ने अवस्थालाई उडान सुरक्षासँग जोडेर प्रश्न गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १३:१५

११ वैशाख, काठमाडौं । बुद्ध एयरको उडान नम्बर यू४ ३५१ रहेको जहाजमा समस्या देखिएपछि उडान रद्द गर्नुपरेको छ ।

उक्त उडानमा रहेका यात्रु जीवन पराजुलीका अनुसार जहाज बिहान ७ बजे उड्नुपर्ने थियो । तर, डिले भएको जहाज सवा १२ बजे उड्ने तयारी गर्दा झ्यालमा समस्या आएपछि जहाजबाट झर्नुपरेको उनले बताए ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार जहाज ट्याक्सी वेमै रहेका बेला एउटा झ्यालमा समस्या आएको पत्ता पाएसँगै जहाज रोकेर त्यस उडानका यात्रुलाई अर्को जहाजबाट भरतपुर पठाइएको छ ।

यात्रुहरूले भने झ्यालमा समस्या आएर जहाज रोकिनुपर्ने अवस्थालाई उडान सुरक्षासँग जोडेर प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?