+
+
Shares

बुद्ध एयर दुर्घटना जाँचबुझ गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते २१:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले १८ पुसमा चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे जाँच गर्न समिति बनाएको छ।
  • सरकारले वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा तोकेको छ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४५ दिनभित्र दुर्घटनाको प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ।

२३ पुस, काठमाडौं । सरकारले १८ पुसका दिन चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे जाँच गर्न समिति बनाएको छ ।

एकल समिति बनाएको सरकारले वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा तोकेको छ ।

२१ पुसको मन्त्रिपरिषद्को निर्णय अनुसार समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

अनुसन्धानकर्तालाई ४५ दिनभित्र बुद्ध एयरको नाइन एन–एएमएफ जहाज दुर्घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?