+
+
Shares

निर्माण सामग्री उपलब्धता सहज बनाउन स्थानीय तहलाई केन्द्र सरकारको अनुरोध

मन्त्रालयले स्थानीय तहको क्षेत्राधिकारमा पर्ने नदीजन्य पदार्थको उचित व्यवस्थापन तथा अन्य निर्माण सामग्री उपलब्धता र निर्वाध ओसारपसारका लागि सरोकारवाला निकायसँग समन्वय गरी सहज बनाउन भनेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरि निर्माण सामग्री उपलब्धता सहज बनाउन स्थानीय तहसमक्ष अनुरोध गरेको छ।
  • मन्त्रालयले निर्माण सामग्रीको ढिला प्राप्तिले जनताको अधिकार संकुचन हुने र सरकारलाई करारजन्य दायित्व थप हुने बताएको छ।
  • स्थानीय तहलाई नदीजन्य पदार्थ व्यवस्थापन र निर्माण सामग्री ओसारपसार सहज बनाउन सरोकारवाला निकायसँग समन्वय गर्न भनिएको छ।

११ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरि निर्माण सामग्री उपलब्धता सहज बनाउन स्थानीय तहसमक्ष अनुरोध गरेको छ ।

सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारीलाई पत्र लेख्दै सामान्य प्रशासन मन्त्रालयले संघीय, प्रादेशिक र स्थानीय स्तरका विभिन्न आयोजनामा निर्माण सामग्री उपलब्धता तथा ओसारपसारमा स्थानीय तहमा अवरोध भइरहेको गुनासो आएको बताएको छ ।

निर्माण सामग्रीको प्राप्ति ढिला हुँदा जनताको त्यस्ता सामग्री निर्वाध उपयोग गर्न पाउने अधिकार संकुचन हुने तथा सरकारलाई अन्य करारजन्य दायित्व थप हुने भन्दै केन्द्र सरकारले सचेत गराएको हो ।

मन्त्रालयले स्थानीय तहको क्षेत्राधिकारमा पर्ने नदीजन्य पदार्थको उचित व्यवस्थापन तथा अन्य निर्माण सामग्री उपलब्धता र निर्वाध ओसारपसारका लागि सरोकारवाला निकायसँग समन्वय गरी सहज बनाउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?