+

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?

२०८३ वैशाख  १३ गते १७:५४ २०८३ वैशाख १३ गते १७:५४
Shares
हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानव शरीरमा सेतो, खैरो र बेज गरी तीन प्रकारका चिल्लो पदार्थ हुन्छन्, जसले ऊर्जा भण्डारण, तापक्रम नियन्त्रण र अंग सुरक्षा गर्छन्।

शरीरमा हुने बोसो ‘चिल्लो’ को प्रकारबारे धेरैलाई थाहा नहुन सक्छ । प्रत्येक व्यक्तिको शरीरमा फरक–फरक प्रकारको चिल्लो पदार्थ हुन्छ । चिल्लो पदार्थ शरीरका लागि अत्यन्त आवश्यक हुन्छ र यसले ऊर्जा भण्डारण, तापक्रम नियन्त्रण, अंग सुरक्षा र हर्मोन उत्पादन जस्ता महत्वपूर्ण काम गर्छ । तर चिल्लोको सन्तुलन बिग्रिएमा स्वास्थ्य समस्या निम्तिन सक्छ ।

मानव शरीरमा मुख्य रूपमा तीन प्रकारका चिल्लो पदार्थका कोषहर हुन्छन् । ती हुन्– सेतो, खैरो र बेज । यसलाई भण्डारणको आधारमा तीन तरिकाले वर्गीकरण गरिन्छः आवश्यक चिल्लो, सबक्युटेनियस चिल्लो र भिसेरल चिल्लो ।

शरीरका हुने चिल्लो पदार्थका प्रकार

सेतो चिल्लो : मुख्य रूपमा ऊर्जा भण्डारण गर्छ ।

खैरो चिल्लो : ऊर्जा जलाएर तापक्रम कायम राख्छ ।

बेज वा पहेँलो चिल्लो : सेतो र खैरो चिल्लोको मिश्रण जस्तो, जसलाई सक्रिय गर्न सकिन्छ ।

भण्डारणको आधार

आवश्यक चिल्लो : स्वास्थ्यका लागि न्यूनतम जरुरी चिल्लो ।

सबक्युटेनियस चिल्लो : छालामुनि रहेको चिल्लो पदार्थ ।

भिसेरल चिल्लो : आन्तरिक अंगहरू वरिपरि रहेको चिल्लो ।

यी विभिन्न प्रकारका चिल्लोमध्ये सेतो चिल्लो र खैरो चिल्लो किन आवश्यक छन् भन्नेबारे बुझौं:

सेतो चिल्लो पदार्थ

विभिन्न अनुसन्धान अनुसार, पेट, कमरको तल्लो भाग र जाँघहरूमा मुख्य रूपमा सेतो चिल्लो जम्मा हुन्छ । यो चिल्लोले अतिरिक्त ऊर्जालाई ट्राइग्लिसराइडको रूपमा भण्डारण गर्छ । यसले शरीरलाई इन्सुलेशन दिन्छ, अंगहरूलाई सुरक्षा गर्छ र हर्मोन उत्पादनमा पनि सहयोग गर्छ ।

सेतो चिल्लोको उचित मात्रा शरीरका लागि फाइदाजनक हुन्छ, तर यसको अत्यधिक वृद्धिले स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

खैरो चिल्लो

खैरो चिल्लो मुख्य रूपमा नर्भस सिस्टम, ‘स्पाइन’ ढाड, घाँटी र मिर्गौला वरिपरि पाइन्छ । यो चिल्लोले ताप उत्पादन गर्छ, जसले शरीरको तापक्रम कायम राख्न मद्दत गर्छ । खैरो चिल्लोमा धेरै माइटोकोन्ड्रिया हुन्छन्, जसले ऊर्जा जलाएर गर्मी उत्पादन गर्छन्।

सामान्य भाषामा भन्नुपर्दा, खैरो चिल्लोले शरीरमा बढी ऊर्जा खर्च गर्न मद्दत गर्छ र चिसोबाट बचाउँछ । यो विशेष गरी बच्चाहरूमा बढी हुन्छ, तर वयस्कहरूमा पनि थोरै मात्रामा रहन्छ ।

बेज चिल्लो

बेज चिल्लो सेतो चिल्लोभित्रै लुकेर बस्छ । चिसो तापक्रम, व्यायाम वा केही खानेकुराले सक्रिय हुँदा यो ‘ब्राउनिङ’ प्रक्रिया मार्फत खैरो जस्तै बन्छ । यसले क्यालोरी जलाउँछ र मोटोपन नियन्त्रण गर्छ । यो सेतो चिल्लोको ‘रिजर्भ’ जस्तो हो ।

भण्डारणको आधारमा

सबक्युटेनियस चिल्लो

छालामुनि, छुन सकिने । यो सेतो, खैरो र बेजको मिश्रण हो । इन्सुलेशन र ऊर्जा भण्डारण गर्छ । कम हानिकारक हुन्छ ।

भिसेरल चिल्लो

अंग वरिपरि, छुन नसकिने । मुख्य रूपमा सेतो चिल्लो, यो बढेमा सुन्निने समस्या, इन्सुलिन रेसिस्टेन्स र मेटाबोलिक समस्या निम्त्याउँछ ।

आवश्यक चिल्लो

स्वास्थ्यको न्यूनतम आधार

यो चिल्लो अंगहरू, मस्तिष्क, हड्डी मज्जा र नर्भस सिस्टममा रहन्छ । पुरुषमा २ देखि ५ प्रतिशत र महिलामा १० देखि १३ प्रतिशत हुनु सामान्य हो । यो बिना हर्मोन उत्पादन, भिटामिन अवशोषण र अंग सुरक्षा सम्भव छैन । यो घटेमा स्वास्थ्य समस्या आउँछ ।

सेतो र खैरो चिल्लोबाट प्रोटिन सिक्रिट हुन्छ

सेतो र खैरो चिल्लो दुवैबाट विभिन्न प्रोटिनहरू सिक्रिट हुन्छन्, जसले शरीरका विभिन्न भागहरूलाई सिग्नल पठाउँछन् । कोपेनहेगन विश्वविद्यालयको अध्ययनले वयस्कहरूमा यी चिल्लो कोशिकाहरूबाट निस्कने प्रोटिनहरूको म्यापिङ गरेको छ ।

खैरो चिल्लोले सेतो चिल्लोको तुलनामा धेरै प्रोटिन सिक्रिट गर्छ । यसले इम्युन सिस्टमलाई बलियो बनाउन मद्दत गर्छ भने सेतो चिल्लोले टिस्यूमा सकारात्मक प्रभाव पार्छ ।

खैरो चिल्लो कसरी बन्छ भन्ने अझै पूर्णरूपमा थाहा छैन, तर यसबाट सिक्रिट हुने प्रोटिनले नै खैरो चिल्लो कोशिका बनाउन सहयोग गर्छ । यसबाट शरीरलाई सही मात्रामा ताप र ऊर्जा मिल्छ ।

सेतो चिल्लो बढी भएमा हुने जोखिमहरू

शरीरमा कुनै पनि किसिमको चिल्लोको अत्यधिक वृद्धि हानिकारक हुन सक्छ । विशेष गरी सेतो चिल्लो बढेमा निम्न रोगहरूको खतरा बढ्न सक्छः

-हृदय रोग

-स्ट्रोक

-कोरोनरी आर्टरी डिजिज

-गर्भावस्थामा समस्या

-टाइप २ डायबिटिज

-हर्मोनमा असन्तुलन

-क्यान्सर

ध्यान दिनुपर्ने कुरा

आफ्नो शरीरको संरचना र बडी चिल्लोका प्रकारहरू बुझ्नु स्वास्थ्यका लागि निकै महत्वपूर्ण छ । यसले स्वस्थ रहन सजिलो बनाउँछ । कुनै पनि शारीरिक समस्या देखिएमा नजरअन्दाज गर्नु हुँदैन र चाँडोभन्दा चाँडो डाक्टरसँग सल्लाह लिनुपर्छ ।

चिल्लो बोसो
आयुष अधिकारी
लेखक
आयुष अधिकारी
पोषणविद्

अधिकारी हाल काठमाडौं हेल्दी च्वाइसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय