१२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले शनिबार मनमैजुमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफू लागिपरेको बताएका हुन् ।
‘प्रधानमन्त्री, मन्त्रीलगायत सबैलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्नका लागि हामीले तालिमको व्यवस्था गरेका छौं,’ उनले भने, ‘कूटनीतिक नियम सबैले पालना गर्नुपर्छ ।’
सरकारले सुशासन र आर्थिक समृद्धिको पक्षमा काम गरिरहेको पनि उनले दाबी गरे । रास्वपाको वाचापत्रअनुसार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको उनको भनाइ थियो । –रासस
प्रतिक्रिया 4