+
+
Shares

विद्यालयको सामान सार्दै सुरक्षाकर्मी

सुकुमवासी बस्ती हटाउने क्रममा मनोहरास्थित खोला किनारमा रहेको विद्यालयका सरसामानहरू सुरक्षाकर्मीले हटाउन सहयोग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनोरास्थित सरस्वती आधारभूत विद्यालयका फर्निचर, पुस्तक र स्टेशनरी सुरक्षाकर्मीले हटाउन सहयोग गरेका छन्।
  • मनोहरा क्षेत्रमा दुई हजारभन्दा बढी सुरक्षाकर्मीको उपस्थितिमा सुकुमवासी बस्ती हटाउने काम भइरहेको छ।
  • शनिबार प्रहरीमाथि आक्रमणपछि आइतबार ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थितिमा बस्ती हटाउने काम भइरहेको छ।

१३ वैशाख, काठमाडौं । सुकुमवासी बस्ती हटाउने क्रममा मनोहरास्थित खोला किनारमा रहेको विद्यालयका सरसामानहरू सुरक्षाकर्मीले हटाउन सहयोग गरेका छन् ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ मनोहरामा रहेको सरस्वती आधारभूत विद्यालयको सरसामानहरू अहिले सुरक्षाकर्मीहरूले सारिरहेका छन् ।

विद्यालयमा रहेका फर्निचरदेखि पुस्तक, कापीहरू तथा स्टेशनरीका सामानहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सारिरहेका छन् ।

उक्त विद्यालय पनि सरकारी जग्गामा परेकाले हटाउने काम भइरहेको छ ।

अहिले २ हजार भन्दा बढी सुरक्षाकर्मीको उपस्थितिमा मनोहरा क्षेत्रको सुकुमवासी बस्ती हटाउने काम भइरहेको छ । हिजो शनिबार प्रहरीमाथि आक्रमण भएपछि आज आइतबार भने ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थितिमा बस्ती हटाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?