+
+
Shares

सुकुमवासी बस्तीका पशुप्राणीको यसरी हुँदैछ उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुकुमवासी बस्तीमा आश्रित कुकुर र बिरालोलाई खाना खुवाउने र उद्धार गर्ने काम स्वतःस्फूर्त रूपमा भइरहेको छ।
  • स्नेहा केयर्सले घाइते र सुत्केरी कुकुरलाई शेल्टरमा सारेर उचित स्याहार र व्यवस्थापन गर्दैछ।
  • कुकुर र बिरालोलाई एक महिनाका लागि अस्थायी आश्रय दिने व्यवस्था समेत गरिएको छ।

यतिबेला सुकुमवासी बस्तीमा करुणा र समभावको फरक दृश्य देख्न सकिन्छ। त्यहाँ आश्रित कुकुर, बिरालोलगायत पशुप्राणीलाई खाना खुवाउने र उद्धार गर्ने काममा कतिपय स्वतःस्फूर्त रूपमा खटिएका छन्। घरमै पकाएर ल्याएको खानेकुरा खुवाउनेदेखि कुकुर–बिरालोलाई सुरक्षित स्थानान्तरण गर्ने व्यवस्थासम्मका काम भइरहेको छ।

पशु कल्याणमा खटिएका व्यक्ति तथा संघ–संस्थाहरू एकअर्कासँग हातेमालो गर्दै भोका, रोगी र असुरक्षित पशुप्राणीको उद्धार गरिरहेका दृश्य देख्न पाइन्छ। बिहान सबेरैदेखि उनीहरू यी पशुप्राणीको मानवीय व्यवस्थापन गर्नुपर्छ भन्दै खटिएका हुन्।

‘कति कुकुर सुत्केरी, रोगी र घाइते पनि छन्,’ स्नेहा केयर्सकी स्नेहा श्रेष्ठ भन्छिन्, ‘ती कुकुरलाई हामीले उचित स्याहार र व्यवस्थापन गर्दैछौं।’

त्यहाँका घाइते र सुत्केरी कुकुरलाई स्नेहा केयर्सले आफ्नो शेल्टरमा सार्न थालेको उनले बताइन्। त्यस्तै, सुकुमवासी बस्ती छाडेर जाने कतिपय परिवारले आफ्ना पशुप्राणी साथमा लैजान नसक्ने अवस्थामा पनि यी संघ–संस्थाहरूले अस्थायी आश्रय दिने व्यवस्था गरेका छन्। ‘कतिले तुरुन्त आफ्ना कुकुर, बिरालोलगायत पशुप्राणीलाई स्थानान्तरण गर्न सक्दैनन्,’ स्नेहा भन्छिन्, ‘त्यस्ता पशुप्राणीलाई एक महिनाका लागि आश्रय दिने व्यवस्था मिलाउँदैछौं।’ त्यसरी आश्रय दिएका पशुप्राणीलाई पछि आफ्ना मालिकले अनुकूलता अनुसार लैजान सक्ने उनले बताइन्।

अहिले मनोहरा, थापाथलीलगायत सुकुमवासी बस्तीमा रहेका बेवारिसे पशुप्राणीलाई स्नेहा केयर्स, क्याट, एनिमल नेपाल, सारा जनावर उद्धार केन्द्रलगायत संस्थाहरूले उद्धार र उपचार गरिरहेका छन्। घाइते तथा बेवारिसे पशुप्राणीको आवश्यक व्यवस्थापन र हेरचाह भइरहेको छ। इरफान खान, विश्वराम कार्की, तुलाराज राजवंशीलगायत पशु कल्याणमा खटिएका थुप्रैले स्वतःस्फूर्त रूपमा सहयोग गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?