+
+
Shares

होल्डिङ सेन्टरमा थरथर काम्छन् सुकुमवासी, अधिकांशमा ‘प्रेसर लो’

‘राति खानै नखाइ सुतियो, डर पनि लाग्यो । सोही कारण पनि खुट्टा थरथर कामेको छ,’ स्वास्थ्य जाँच गराउन आएकाहरूको भनाइ उद्धृत गर्दै पोखरेलले सुनाइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाका विभिन्न नदी आसपास बनेका अव्यवस्थित संरचनामा शनिबार बिहानैदेखि डोजर चलिरहेको छ।
  • २ सय बढी परिवार घरबारविहीन बनेका छन् र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा होल्डिङ सेन्टर बनाएर स्क्रिनिङ भइरहेको छ।
  • स्वास्थ्य समस्या भएका सुकुमवासीलाई हेल्थ डेस्कमा जाँच गरी कमजोरी, रक्तचाप कम हुने र दीर्घकालीन रोगका बिरामी भेटिएका छन्।

१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न नदी आसपास बनेका अव्यवस्थित संरचनामा शनिबार (हिजो) बिहानैदेखि डोजर चलिरहेको छ ।

विशेषगरी सुकुमवासीहरूको बस्ती रहेको ती क्षेत्रका संरचना भत्काएसँग उनीहरू धमाधम सरकारको सम्पर्कमा पुगेका छन् ।

पछिल्लो सरकारी तथ्यांकअनुसार, २ सय बढी परिवार घरबारविहीन भएको भन्दै नाम लेखाउन पुगेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा होल्डिङ सेन्टर बनाएर सरकारले सुकुवासीको स्क्रिनिङ गरिरहेको हो ।

जसमा स्वास्थ्य समस्या भएकाहरूलाई छुट्टै हेल्प डेस्क बनाएर स्वास्थ्य सेवा पनि दिने काम भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको हेल्थ डेस्कमा बसेर स्वास्थ्य जाँच गरिरहेकी इन्दिरा पोखरेलका अनुसार, धेरैजसो स्वास्थ्य जाँच गरेकाहरूमा कमजोरी हुने, रक्तचाप (प्रेसर) कम हुने लगायतका समस्या देखिएको छ ।

केही भने दीर्घकालीन रोग भएका बिरामी पनि सम्पर्कमा पुगेका छन् । उनीहरू बस्ती भत्कँदा औषधि छुटेको र निकाल्न नभ्याएकाले खान नपाएको गुनासो गरिरहेको उनले बताइन् ।

एकजना वृद्ध बिरामी मृगौला फेल भएका पनि भेटिएको उनले बताइन् । ‘उहाँलाई चाहिँ वीर अस्पताल रेफर गरिएको छ,’ उनले भनिन् ।

बस्ती भत्कने चिन्ताले आफूहरू रातभर नसुतेको, खाना खान मन नभएकाले नखाएको पृष्ठभूमि स्वास्थ्य चाँजका क्रममा सुकुमवासीहरूले सुनाएको पोखरेलले बताइन् ।

‘राति खानै नखाइ सुतियो, डर पनि लाग्यो । सोही कारण पनि खुट्टा थरथर कामेको छ,’ स्वास्थ्य जाँच गराउन आएकाहरूको भनाइ उद्धृत गर्दै पोखरेलले सुनाइन् ।

उनका अनुसार, कमजोरी भएकाहरूलाई जीवनजल बनाएर दिइएको छ ।

नियमित रुपमा औषधि सेवन गरिरहेका दीर्घकालीन बिरामीहरूलाई भने औषधि वितरण नगरिएको पनि उनले बताइन् ।

‘अहिलेसम्म विकनेस भएर, ब्लड प्रेसर कमी भएर आउनुभएको छ । एकजना वृद्ध चाहीँ मृगौलाको बिरामी हुनुहुँदो रहेछ । उहाँलाई वीर अस्पताल रेफर गरिएको छ,’ उनले भनिन्, ‘धेरैजसो ब्लड प्रेसर लो भएर आउनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?