News Summary
Generated by OK AI. Editorially reviewed.- इरानका विदेशमन्त्री अब्बास अराघचीले रूसको सेन्ट पिटर्सबर्गमा युद्धको अवस्था र वर्तमान अवस्थाबारे छलफल गर्न पुगेका छन्।
- अराघचीले पाकिस्तानलाई मध्यस्थकर्ताको रूपमा उल्लेख गर्दै इरान-अमेरिका वार्तामा यसको महत्त्वपूर्ण भूमिका रहेको बताए।
- अराघचीले पाकिस्तान र ओमानमा मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल गरिसकेको जानकारी दिएका छन्।
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघची रुस पुगेका छन् । रुससँग नियमित वार्तामा रहेको तर युद्धका कारण केही समयदेखि बैठकहरू रोकिएको उनले बताएका छन् ।
‘हामी हाम्रा रूसी साथीहरूसँग युद्धको अवस्था र वर्तमान अवस्थाको बारेमा छलफल गर्नेछौं । पछिल्ला घटनाक्रमहरूको समीक्षा गर्नेछौं । आवश्यक समन्वय पनि गरिनु स्वाभाविक हो,’ अब्बास अराघचीले रूसको सेन्ट पिटर्सबर्गमा भनेका छन् ।
पाकिस्तानलाई उल्लेख गर्दै अराघचीले भनेका छन्, ‘इरान-अमेरिका वार्तामा यो देशले मध्यस्थकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका खेलेको छ । हामीले पाकिस्तानमा हाम्रा साथीहरूसँग राम्रो वार्ता गर्यौं, भगवानलाई धन्यवाद, यो धेरै सफल भ्रमण थियो ।’
उनले भनेका छन्, ‘हामीले अहिलेसम्म के भयो भनेर समीक्षा गर्यौं र कसरी, कुन अवस्थामा वार्ता अगाडि बढ्न सक्छ भनेर छलफल गर्यौं।’
यसअघि अब्बास अरघाची पाकिस्तान र ओमान गएका थिए । जहाँ उनले मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका थिए ।
प्रतिक्रिया 4