+
+
Shares

नेकपाले गठन गर्‍यो संविधान संशोधन मस्यौदा कार्यदल

सरकारले संविधन संशोधनको मस्यौदा तयार गरी सबै दलहरूको सुझाव लिइरहेको अवस्थामा नेकपाले आफ्नातर्फबाट संविधान संशोधनका मुद्दा तय गर्न कार्यदल बनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १७:१६

१४ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ । केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले कार्यदल गठन गरेको हो ।

सरकारले संविधन संशोधनको मस्यौदा तयार गरी सबै दलहरूको सुझाव लिइरहेको अवस्थामा नेकपाले आफ्नातर्फबाट संविधान संशोधनका मुद्दा तय गर्न कार्यदल बनाएको हो ।

कार्यदलमा नेताहरू देव गुरुङ ,प्रकाश ज्वाला, प्रेमबहादुर सिंह ,रणध्वज कन्दङ्वारेखा शर्मा, ई. गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटाडम्बर थापा, जगदेव चौधरी र रामबहादुर चौधरी सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?