+
+
Shares

श्रम बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न सीपमूलक शिक्षामा लगानी केन्द्रित गर्नुपर्छ : अर्थ मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले साक्षरता दरमा वृद्धि भए तापनि शिक्षाको गुणस्तर, सीप र बजार मागबीच तालमेल कमजोर रहेको निष्कर्ष निकालेको छ।
  • मन्त्रालयले प्राविधिक र सीपमूलक शिक्षामा लगानी केन्द्रित गर्नुपर्ने र शैक्षिक बेरोजगारी बढेको बताएको छ।
  • स्थितिपत्रअनुसार २०८२ सम्म प्रावि तहमा महिला शिक्षकको प्रतिशत ४९.१ र माध्यमिक तहमा २२.९ रहेको छ।

१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले देशको साक्षरता दरमा उल्लेख्य वृद्धि भए तापनि शिक्षाको गुणस्तर, सीप र बजारको मागबीच तालमेल कमजोर रहेको निष्कर्ष निकालेको छ ।

अर्थतन्त्रको वर्तमान स्थितिपत्र सार्वजनिक गर्दै मन्त्रालयले यो समस्या समाधान गर्न प्राविधिक र सीपमूलक शिक्षामा लगानी केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

‘राष्ट्रिय जनगणना, २०७८ का अनुसार नेपालको शिक्षा क्षेत्रमा पछिल्लो दशकमा साक्षरता दर (६ वर्ष+) ५८.० प्रतिशतबाट बढेर ७६.३ प्रतिशत पुग्नु एक सकारात्मक उपलब्धि भए तापनि यस क्षेत्रमा आमूल रूपान्तरणको आवश्यकता अझै खड्किएको छ,’ स्थिति पत्रमा भनिएको छ ।

मन्त्रालयले साक्षरतामा वृद्धि देखिए पनि गुणस्तरीय सिकाइ, शिक्षकको व्यावसायिक दक्षता र विपन्न एवं सीमान्तकृत समुदायसम्म समान पहुँच अझै पर्याप्त नरहेको निष्कर्ष निकालेको छ ।

‘वर्तमान शिक्षा प्रणालीलाई रोजगारी र बजारको मागसँग प्रत्यक्ष आबद्ध गर्न नसकिँदा शैक्षिक बेरोजगारीको दर तीव्र रूपमा बढ्दै गएको छ,’ स्थितिपत्रमा भनिएको छ, ‘तसर्थ, केवल प्रमाणपत्रमुखी नभई श्रम बजारमा बिक्ने दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक र सीपमूलक शिक्षामा लगानी केन्द्रित गर्नु पर्नेछ।’

अर्थ मन्त्रालयले शिक्षालाई आर्थिक रूपान्तरणको एक माध्यमको रूपमा चित्रित गर्दै ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्न प्रविधि र डिजिटल उद्यमशीलतामार्फत युवा शक्तिलाई विश्व बजारसँग जोड्ने अवसरको सदुपयोग गर्नेपर्नेमा जोड दिएको छ ।

स्थितिपत्रमा शिक्षा सम्बन्धी विधिन्न सूचकहरूको तुलनात्मक अवस्था पनि उल्लेख गरिएकव छ ।

२०८२ सालसम्म नेपालमा प्रावि तहमा महिला शिक्षकको प्रतिशत ४९.१ प्रतिशत रहेको र माध्यमिक तहमा यो प्रतिशत २२.९ रहेको स्थितिपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?