News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारले संसद् छलेर अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नु रहस्यमयी भएको टिप्पणी गरेका छन् ।
- थापाले सरकारले सदन नबसेको अवस्थामा मात्रै अध्यादेश ल्याउन पाइने बताउँदै अहिलेको कदम व्यवस्थापिकाको क्षेत्र अतिक्रमण भएको उल्लेख गरेका छन्।
- उनले राष्ट्रपतिलाई अध्यादेश अविलम्ब फिर्ता गर्न अनुरोध गरिएको र प्रतिपक्षी दलले सरकारको कदमको संयुक्त विरोध जारी राख्ने बताए ।
१६ वैशाख, काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले सरकारले संसद् छलेर अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नु रहस्यमयी भएको टिप्पणी गरेका छन् ।
बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सरकारको यो कदमको विरोध जारी राख्ने बताएका हुन् ।
‘सरकारको यो कदमलाई हामीले संयुक्त विरोध गरेका छौं । हामी यसलाई जारी राख्छौँ,’ उनले भने, ‘संसद् छल्नु रहस्यीमय छ । यसरी सरकारले सदनलाई छलेर अध्यादेश सिफारिस गर्नुबारे स्पष्ट पारोस् । राष्ट्रपतिलाई अध्यादेशलाई अविलम्ब फिर्ता गरियोस् भन्ने अनुरोध गरेका छौं ।’
उनले विगतमा पनि सरकारले अध्यादेश ल्याउने गरेको तर संसद् नचलेको अवस्थामा मात्रै ल्याउने गरेको सुनाए ।
‘विगतको सरकारले सदन नबसेको अवस्थामा अध्यादेश ल्याउन पाइन्छ । तर यो त नितान्त भिन्न मात्रै होइन उल्टो छ । सदनलाई छलेर ल्याइएको छ,’ उनले भने, ‘डाकिएको संसद् स्थगित गरेर अध्यादेश ल्याइएको छ । अहिले सरकारले जुन कदम उठाएको छ यो व्यवस्थापिकाको क्षेत्र अतिक्रमण गरेको छ । असंदीय छ ।’
प्रतिक्रिया 4