+
+
Shares

बादलको अध्यक्षतामा बस्यो एमाले बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते ११:५५

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा उक्त पार्टीको बैठक बसेको छ ।

एमालेका महासचिव शंकर पोखरेलका अनुसार बादलको नेतृत्वमा आकस्मिक रुपमा पार्टीको केन्द्रीय सचिवालयको बैठक बसेको हो ।

बैठकपछि एमाले महासचिव पोखरेलले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई रिहा गर्न माग गरे । दुवैको गिरफ्तारी कानुन विपरीत रहेको पनि उनले दाबी गरे ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । त्यसबेला प्रधानमन्त्रीमा ओली र गृहमन्त्री लेखक रहेका थिए । आन्दोलनमा दमन गरेको भनेर उनीहरूउपर फौजदारी कसुरमा अनुसन्धान गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सिफारिस गरेको छ ।

उक्त सिफारिससहितको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भए लगत्तै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक पक्राउ परेका हुन् ।

आफूहरू कानुनी प्रतिवादमा समेत जाने एमाले महासचिव पोखरेलले बताए ।

यो विषयमा अन्य दलहरूसँग समेत छलफल गरिने उनले बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?