+
+
Shares

बर्डफ्लु नियन्त्रण गरी किसानलाई राहत उपलब्ध गराउन माग

विपक्षी दलको बैठकले बर्डफ्लु नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलको बैठकले बर्डफ्लु नियन्त्रण गर्न सरकारसँग अभिलम्ब प्रकोप नियन्त्रण गरी किसानलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।
  • बैठकमा नेकपा एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगाल, कांग्रेस प्रमुख सचेतक वासना थापा र नेकपाका प्रमुख सचेतक युवराज दुलाल सहभागी थिए।
  • बर्डफ्लु झापा, मोरङ, सुनसरी, चितवन र काठमाडौंमा फैलिएको र ठूलो संख्यामा कुखुरा र हाँस मार्नु परेको बैठकले उल्लेख गरेको छ।

१७ वैशाख, काठमाडौं । विपक्षी दलको बैठकले बर्डफ्लु नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

आज नेकपा एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगालको अध्यतामा कांग्रेस प्रमुख सचेतक वासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलालसहितको बैठकले बर्डफ्लु नियन्त्रण र किसानलाई राहतको व्यवस्था मिलाउन माग गरेको हो ।

‘देशका विभिन्न भागहरु खासगरी झापा, मोरङ, सुनसरी, चितवन र काठमाडौंमा बर्डफ्लु फैलिइ ठुलो संख्यामा कुखुरा हाँससमेतका पंक्षीहरु मार्नु परको अवस्था छ,’ बैठकको निर्णयमा भनिएको छ, ‘त्यसैले अभिलम्ब प्रकोप नियन्त्रण गरी प्रकोपपीडित किसानलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?