News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले १८ वैशाखबाट अनिवार्य अवकाशमा जाने भएका छन्।
- अर्यालले चार वर्षे विवादरहीत कार्यकाल पूरा गरेका छन् र संगठनलाई सही ट्रयाकमा ल्याउन भूमिका खेलेका छन्।
- सरकारले नारायणदत्त पौडेललाई नयाँ आईजीपी नियुक्त गरेको छ र उनी १९ वैशाखदेखि कार्यभार सम्हाल्नेछन्।
१८ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल आजबाट अनिवार्य अवकाशमा जाने भएका छन् ।
आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अर्याल शुक्रबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका छन् । सशस्त्र प्रहरी हेडक्वाटरले शुक्रबार फौजी परम्पराअनुसार अर्यालको बिदाइ गर्नेछ ।
आईजीपीको चार वर्षे कार्यकाल विवादरहीत रुपमा अर्यालले बिताए । उनी कुनै ठूलो विवादमा मुछिएनन् । संगठनलाई सही ट्रयाकमा ल्याउने अर्यालले उल्लेख्य भूमिका खेलेको सशस्त्र प्रहरी हेडक्वाटरले बताएको छ ।
अर्याल अवकाशमा जाने भएपछि उनको ठाउँमा नारायणदत्त पौडेललाई आईजीपी बनाउने निर्णय सरकारले गरिसकेको छ । उनले भोलि, शनिबारदेखि कार्यकाल सम्हाल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4