News Summary
Generated by OK AI. Editorially reviewed.- इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी रक्षा विभागले इरानसँगको युद्धको लागतको बारेमा झुट बोलिरहेको बताएका छन्।
- अराघचीले अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भनेको २५ अर्ब डलर खर्चको दाबी गलत भएको र क्षति १०० अर्ब डलर पुगेको दाबी गरे।
- उनले अमेरिकी करदाताहरूको अप्रत्यक्ष लागत प्रति परिवार प्रति महिना ५०० डलर रहेको र यो बढिरहेको जानकारी दिए।
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी रक्षा विभागले इरानसँगको युद्धको लागतको बारेमा झुट बोलिरहेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्स मार्फत इरानका विदेशमन्त्री अराघचीले यस्तो बताएका हुन् ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकाले २५ अर्ब डलर खर्च गरेको बताएका थिए ।
उनले पोस्टमा लेखेका छन्, ‘पेन्टागनले झुट बोलिरहेको छ । नेतान्याहूको जुवाले अहिलेसम्म अमेरिकी डलर १०० अर्बको प्रत्यक्ष क्षति पुर्याएको छ । यो दाबी गरिएको रकमको चार गुणा हो ।’
‘अमेरिकी करदाताहरूको अप्रत्यक्ष लागत धेरै बढी छ । सबै अमेरिकी परिवारहरूको लागत प्रति महिना ५०० डलर छ र यो द्रुत गतिमा बढिरहेको छ, अराघचीले भनेका छन् ।
अब्बासले भनेका छन्, ”इजरायल पहिलो’ नीतिको अर्थ ‘अमेरिका अन्तिम’ हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4