+
+
Shares

धनुषाबाट १३७ किलो गाँजासहित दुई जना पक्राउ

दुवैजनालाई १३७ किलो गाँजासहित भारतीय नम्बर प्लेटको बीआर ३२ डी ५८९२ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते २१:३५

१८ वैशाख, जनकपुरधाम । धनुषाबाट १३७ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरका २६ वर्षीय गणेशकुमार यादव र ४३ वर्षीय जितेन्द्रकुमार यादव छन् ।

शुक्रबार बिहान साढे ४ बजेको समयमा लक्ष्मीपुरको बर्थिङ सेन्टर नजिक प्लास्टिकले बेरेर राखेको ५ (पाँच) वटा बोरामा रहेको गाँजा बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए । दुवैजनालाई १३७ किलो गाँजासहित भारतीय नम्बर प्लेटको बीआर ३२ डी ५८९२ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

साथबाट २ थान मोबाइलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?