+
+
Shares

‘स्थानान्तरणकै कारण सुकुमवासीले आत्महत्या गरेको प्रमाणित भए राज्यले आवश्यक कदम चाल्छ’

झाले भने, ‘पोस्टमार्टम लगायत सुरक्षा निकायबाट प्रमाणित भएर उहाँहरू स्थानान्तरण भएकै कारण आत्महत्या गर्न बाध्य हुनुभयो भन्ने कुरा प्रमाणित हुन बाँकी छ । प्रमाणित भएपछि राज्यले गम्भीर रूपमा आवश्यक कमद लिने नै छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १८:१९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानान्तरण कारण सुकुमवासीलाइ आत्महत्या प्रमाणित भए राज्यले गम्भीर कदम लिने बताएको छ।
  • रास्वपाका प्रवक्ता मनिष झाले पोस्टमार्टम र सुरक्षा निकायबाट प्रमाणित हुन बाँकी रहेको उल्लेख गर्नुभयो।
  • बल्खुको सुकुमवासी बस्ती नजिकै ६१ वर्षीय ईन्द्रबहादुर राई मृत फेला परेका थिए।

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानान्तरण हुनुपरेकै कारण सुकुमवासीले आत्महत्या गरेको प्रमाणित भएमा राज्यले गम्भीर रूपमा आवश्यक कदम लिने बताएको छ ।

‘कतिपयले सुकुमवासीले आत्महत्या गर्नुमा राज्य प्रेरित हत्या हो भनेर प्रश्न उठाइरहेको छ नि’ भन्ने सञ्चारकर्मीको जिज्ञासमा रास्वपाका प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् ।

स्थानान्तरण भएकै कारण आत्महत्या गर्न बाध्य भएको भन्ने कुरा प्रमाणित हुन बाँकी रहेको उनको भनाइ थियो ।

उनले भने, ‘पोस्टमार्टम लगायत सुरक्षा निकायबाट प्रमाणित भएर उहाँहरू स्थानान्तरण भएकै कारण आत्महत्या गर्न बाध्य हुनुभयो भन्ने कुरा प्रमाणित हुन बाँकी छ । प्रमाणित भएपछि राज्यले गम्भीर रूपमा आवश्यक कमद लिने नै छ ।’

शुक्रबार बल्खुको सुकुमवासी बस्ती नजिकै बागमती खोलामा एक व्यक्ति मृत फेला परेका थिए । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई मृत फेला परेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?